
इस्लामावाद, २९ फागुन । पाकिस्तानको एक अदालतले सन् २००८ मा भारतको मुम्बईमा भएको आतङ्ककारी हमलाका एकजना प्रमुख योजनाकारलाई जलेमुक्त गर्ने आदेश दिएको छ ।
सो बम हमलाका एकजना प्रमुख योजनाकार रहेको भनी यसअघि सो अदालतकै आदेशमा थुनामा रहेका ती व्यक्तिलाई शुक्रबार अदालतले सो आदेश दिएको हो ।
पाकिस्तानी नागरिक जाकी उर रहमान लख्भीलाई भारत सरकारले मुम्बईमा सन् २००८ मा भएको हमलाको मुख्य दोषी ठहर गरेको हो ।
सो हमलामा परी १६६ जनाको ज्यान गएको थियो । त्यसका अरु पनि कयौँ दोषीमाथि कारबाही भएको छ । तर पाकिस्तानले भने यो हमलामा पाकिस्तानी नागरिकको संलग्नताको अस्वीकार गर्दै आएको छ ।
उनलाई गएको डिसेम्बरमा आतङ्कवाद विरोधी अदालतले धरौटीमा रिहा गरेको थियो । पछि फेरि उनलाई थुनामा राखिएको थियो ।
तर सो निर्णयको भारतले व्यापक मात्रामा विरोध गरेकोले उनलाई पुनः थुनामा नै राखिएको थियो । अहिले फेरि अदालतले उनलाई थुना मुक्तिको आदेश दिएको छ ।
शुक्रबारको यस फैसलाले उनी रिहा हुनसक्ने छन् । तर यस विषयमा सरकारले पुन सर्वाे च्च अदालतलाई अपिल गर्नसक्छ र यसको समय शनिबारबाटै सुरु हुने बताइएको छ ।
यस निर्णयको भारतले व्यापक रुपमा विरोध गरेको छ । भारतले आतङ्कवादीलाई कुनैपनि हालतमा कारबाही गर्नुपर्ने भन्दै भारतीय गृहमन्त्रालयले यस्तो निर्णय फिर्ता लिन आग्रह गरेको छ । रासस/एएफपी
प्रतिक्रिया
सम्बन्धित खवर
बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।
मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त
यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।
युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले