बालुवाटारमा मधेशको पाँच जिल्लाको विकल्पको खोजी

२९ फाल्गुन २०७१, शुक्रबार २२:१९ मा प्रकाशित

काठमाडौ, २९ फागुन । नेपाली काँग्रेस र मधेशवादी दलबीच आज प्रधानमन्त्री निवास बालुवाटार भएको छलफलले कुनै निष्कर्षमा नपुगेपनि वार्ता सकारात्मक भएको र अगामी दिनमा सहमतिका लागि जोड पुग्ने आशा गरिएको छ ।
बैठकपछि गोरखापत्र अनलाइनसँग कुरा गदै काँग्रेसका प्रवक्ता दिलेन्द्र बडुले वार्ता निकै सकारात्मक र सौहाद्रपूर्ण भयो, सहमतिमा सविधान जारी हुनुपर्छ भने कुरामा सबैको जोड थियो र सहमति खोज्ने कसरी त्यसको विकल्पहरुको बारेमा छलफल भएको बताउनुभयो । मधेशवादी दलका नेताहरुले मधेशबाट पाँच जिल्ला झापा, सुनसरी, मोरगं, कञ्चनपुर र बर्दियालाई अलग गर्न नहुने कुरा राखेको तर काँग्रेसले यसको विकल्प के हुनसक्छ भनि विभिन्न विकल्पमा छलफल भएको बताए ।
आज भएको छलफल बारे आआफ्नो पार्टीमा आन्तरिक छलफल गर्ने र आज साँझ वा भोली विहान बस्ने चार दलको बैठकमा छलफल गर्ने भनि निष्कर्षसहित आजको बैठक टुगिंएको प्रवक्ता बडुले बताए ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशबाट पाँच जिल्ला कुनै पनि हालतमा हटाउन मिल्दैन र यसको अरु कुनै विकल्प पनि हुन नसक्ने गरी कुरा राखेको बताए । मधेशमा दुई प्रदेश मधेश प्रदेश र थरुहट प्रदेश । मधेश प्रदेशबाट झापा, मोरगं र सुनसरी हटाउन नमिल्ने र थरुहट प्रदेशबाट कञ्चनपुर बर्दिया हटाउन नमिल्न गरी विगतमा स्व.गिरीजाप्रसाद कोइरालासँग सहमति भएको उल्लेख गर्दै भएको सहमतिलाई कार्यान्वयन गर्न काँग्रेसलाई भनेको उनले बताए ।
एमाले र काँग्रेसले मधेश र पहाडलाई अलग गर्न खोजेको आरोप लगाउँदै अध्यक्ष महतोले मधेश जिल्लाबाट पहाडि बाहुल्यता रहेको जिल्ला हटाएर मधेशलाई अलग गर्न खोजको आरोप लगाउनुभयो । सविधानसभामा शुरु भएको प्रकृयालाई रोक्नुस् र सहमतिमा सविधान जारी गर्नुस्, भोलीसम्म सहमति नभए चैत १ गतेदेखि आन्दालनमा जाने कुराको पनि जानकारी गराएको अध्यक्ष महतोले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च