छिट्टै संविधान ल्याउन एमाले–एमाओवादी सहमत

२९ फाल्गुन २०७१, शुक्रबार २२:१७ मा प्रकाशित

भक्तपुर, २९ फागुन । एमाले र एमाओवादीका शीर्ष नेताबीच सकेसम्म छिट्टै संविधान जारी गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा आज भएको दुई दलका शीर्ष नेताको छलफलमा सकेसम्म सहमतिका आधारमा संविधान ल्याउन पहल गर्नेमा पनि समान मत देखिएको छ । नयाँ संविधानमा सङ्घीयताको सङ्ख्या र नामकरणबारेमा भने दुई दलबीचको मतभेद कायमै देखिएको छ ।

छलफलमा एमालेले छ प्रदेश र एमाओवादीले नौ प्रदेशको प्रस्ताव गरी त्यसको औचित्यबारे धारणा राख्ने काम भएको एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेलले जानकारी दिनुभयो ।

बैठकमा सहभागी एमाओवादीका महासचिव कृष्णबहादुर महराले सहमतिमा चाँडो संविधान ल्याउनुपर्छ भन्नेमा सैद्धान्तिक छलफल भएको जानकारी दिनुभयो । महराले भन्नुभयो, “अब सैद्धान्तिक कुराकानी भयो, विषयवस्तुमा केन्द्रित रहेर पुनः छलफल हुनेछ ।”

उहाँले सङ्घीयताजस्ता गहन विषयमा कोठामा बसेर छलफल वा सहमति गर्नुभन्दा जनताले के भन्छन् भन्नेतर्फ ध्यान दिनुपर्ने, मुलुकको राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा खलल आउन नदिने गरी निर्णयमा पुग्नुपर्नेमा जोड दिइएको बताउनुभयो ।

नेपाली काँग्रेससहित चार प्रमुख शक्तिको शनिबार हुने औपचारिक वार्ताका लागि दुई दलबीच छलफल भएको हो । यसअघि बिहीबार काँग्रेस–एमाले तथा काँग्रेस–एमाओवादीका नेताबीच अलगअलग वार्ता भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा