नेपाल प्रहरीको एफएम रेडियो संचालन

२५ जेष्ठ २०६९, बिहीबार १७:४६ मा प्रकाशित

काठमाडौ, २५ जेठ । नेपाल प्रहरीले आजदेखि एफएम रेडियोको परीक्षण प्रसारण शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार एफएम रेडियोमार्फत सडक र सवारी, ट्राफिक व्यवस्थापन, जनचेतना, सडक दुर्घटना न्यूनीकरणलगायतका सम्पूर्ण जानकारी गराउन एफएम सञ्चालनमा ल्याएपछि सवारी धनी, चालकलगायत अन्य प्रयोगकर्तालाई सुविधा पुग्ने विश्वास लिएको छ । महाशाखाद्वारा एफएम रेडियोसम्बन्धी जानकारी दिन आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशराज राईले मेट्रो ट्राफिक एफएम ९५ दशमलव ६ मेघाहर्जमा एफएम सुन्न सकिने बताउनुभयो । हाल परीक्षण प्रसारणमा रहेको यो एफएम असार १ गतेदेखि नियमित प्रसारण हुने पनि जानकारी उहाँले दिनुभयो । अहिले भने बिहान ९ बजेदेखि ११, दिउँसो १ बजेदेखि २ र बेलुका ३ बजेदेखि ६ बजेसम्म एफएम प्रसारण भइरहने छ ।
यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले बैंकमार्फत् राजस्व सङ्कलन गर्ने भएको छ । ३ वटा नीजि बैंक नविल बैंक, ग्लोबल बैंक र सिटिजन्स बैंक इन्टरनेशनलमा बैंकमार्फत् राजस्व उठाउन महाशाखालाई स्वीकृति दिएको  थियो ।     महाशाखा प्रमुख राईका अनुसार सवारी ऐन उल्लङ्घन गरेका चालकले ट्राफिक प्रहरीबाट पाएको रसिद लिएर महाशाखाले तोकेका बैंकमा रकम दाखिल गर्नुपर्नेछ र बैंकको अर्धकट्टीसहित महाशाखामा आएपछि उसलाई सवारी चालक अनुमति पत्र अथवा अन्य कागजपत्र दिइनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा

आजको प्रमुख समाचार