नेपाली काँग्रेस सहमतिबाटै संविधान निर्माणमा अगाडि बढ्ने

२९ फाल्गुन २०७१, शुक्रबार १६:५६ मा प्रकाशित

काठमाण्डौ फागुन २९ । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले दलहरु वीचमा अधिकतम वार्ता र छलफल गरी सहमतिबाटै संविधान निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मधेशवादी दलसँगको बैठकमा कांग्रेसले आफू सहमतिका आधारमा संविधान बनाउन प्रतिबद्ध रहेको र सहमतिका लागी नै आफूले द्विपक्षीय छलफललाई अझै तिब्रता दिने पनि जनाएको छ ।
संघीयताको मुद्दा सबैभन्दा पेचिलो भएको भन्दै कांग्रेसले मधेशवादी दललाई पूर्वका झापा, मोरङ र सुनसरी तथा पश्चिमका कैलाली र कञ्चनपुरमा एकलौटी अडान नराख्न पनि आग्रह गरेको छ ।
बैठकमा मधेशवादी दलहरुले आफूहरु तत्कालिन राज्यपुनर्संरचना आयोगको प्रतिवेदन अनुसार प्रदेश बनाउनुपर्ने पक्षमा रहेको तर सहमतिका लागि वाधक नहुने बताएका थिए ।
राज्यपुनर्संरचनाका विषयमा दुवै पक्षले आ–आफ्ना भनाई राखेपछि बैठक फेरि बस्ने गरी स्थगित भएको छ ।
यसैबीच राज्य पुनर्संरचना लगायत संविधानका विवादित विषयमा एमाओवादी र एमालेका शीर्षनेताहरुबीच आजै छलफल भएको छ ।
एमाले अध्यक्ष ओली निबास बालकोटमा आज विहान भएको छलफलमा राज्य पुर्नसंरचना, शासकीय स्वरुप लगायतका विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।
छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बामदेव गौतम, विद्यादेवि भण्डारी, महासचिव इश्वर पोखरेल लगायत सहभागी हुनुहुन्थ्यो ।
पछिल्लो समय राजनीतिक गतिरोध लम्बिदै गएका बेला हिजो बसेको सत्तारुढ कांग्रेस र एमालेको सयुक्त बैठकले आज भोलीसम्म ठोेस् वार्ता गर्ने बताएको थियो ।
छलफलमा ठोस सहमति नभएको र वार्ताबाटै सहमति गरी देशलाई निकास दिनेबारेमा फेरी पनि छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ