मदजूरहरुको आन्दोलका कारण तामाकोसीको काम ठप्प

२९ फाल्गुन २०७१, शुक्रबार १६:४२ मा प्रकाशित

काठमाण्डौ फागुन २९ । आफूहरुले सेयर पाउनु पर्ने माग राखेर काम छाडेर मजदुर आन्दोलनमा उत्रिएपछि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका काम ठप्प भएको छ । सबै पक्षले जस्तै आफूहरुले पनि सेयर पाउनुपर्ने मागसहित आयोजनामा कार्यरत करिब ८ सय ५० जना नेपाली मजदूर काम छाडेर आन्दोलनमा उत्रेपछि आयोजनाको काम ठप्प भएको हो ।

सिनो हाइड्रो कम्पनी आबद्ध नेपाली मजदुरहरुले विद्युत आपूर्ति र सञ्चारमा काम गर्नेबाहेक चिनियाँ मजदुरलाई पनि काम गर्न दिएका छैनन् । यता मजदूरहरुको माग पूरा गर्न नसक्ने आयोजनाले बताएको छ ।
आयोजनाको स्वामित्व रहेको माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडको प्रबन्धपत्रमा मजदुरको लागि सेयरको व्यवस्था गरेको छैन ।
। लगानीकर्ता कम्पनीका कर्मचारी, सञ्चय कोषका सञ्चयकर्ता, विद्युत प्रधिकरणका कर्मचारी, दोलखा जिल्लावासी र सर्वसाधरण नेपालीका लागि मात्र सेयरको व्यवस्था गरेको छ ।
हडतालमा गोंगर स्थित भूमिगत पावर हाउसमा काम गर्ने सिनो हाइड्रो व्युरो ६ का २ सय ५० जना सामेल छन् ।
आयोजनाले चैत १ गतेदेखि दोलखा जिल्लावासीलाई सेयर हाल्न आव्हान गरेको छ । यसअघि फागुन ११ गतेदेखि गरिएको कर्मचारीहरुका लागि सेयर आव्हान कार्य जारी छ । चैत १५ गतेसम्मका लागि अन्तिम म्याद दिइएको छ ।
यता दोलखाका प्रत्येक व्यक्तिले पाउने भनिएको ७० कित्ता सेयरको अतिरिक्त पाउनुपर्ने माग गर्दै प्रभावित क्षेत्र सिंगटी आसपासका वासिन्दाले शुक्रबारदेखि परियोजनाको गाडी अबरोध गरेर आन्दोलन सुरु गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति