सिरिया हिंसा अन्त्यमा राष्ट्रसंघको कार्य सन्तोषजनक नभएकोमा आलोचना

२९ फाल्गुन २०७१, शुक्रबार १३:१६ मा प्रकाशित

एजेन्सी, फागुन २९ । सिरियामा जारी हिंसा अन्त्यको लागि ठोस कदम चाल्न नसकेको भन्दै सहायता समुहले संयुक्त राष्ट्रसंघको आलोचना गरेको छ ।
सिरियामा द्धन्दको चपेटामा परेका नागरिकहरुलाई सहायता गर्ने सम्बन्धी आफ्नै संकल्प प्रस्ताव पुरा गर्न नसकेको भन्दै राष्ट्रसंघ सुरक्षा परिषदको आलोचना भएको हो ।
सिरियाली हिंसापिडितहरुलाई मानविय सहायता उपलब्ध गराँउदै आएका सेभ द चिल्ड्रेन, अक्सफाम लगायतका २१ वटा सहायता संस्थाको समुहले राष्ट्रसंघको भुमिकाप्रति आलोचना गरेका हुन् ।
सन् २०११ को मार्च महिनामा सिरियामा हिंसा सुरु भएपछि लाखौं जनता विस्थापित भइसकेका छन् । केही सहायता संस्थाहरुले त झण्डै ६० प्रतिशत सिरियाली जनता हिंसाबाट पीडित बनेको बताएका छन् ।
चर वर्ष लामो हिंसाको क्रममा गत वर्ष सबैभन्दा बढीले ज्यान गुमाएका थिए । तर राष्ट्रपति बशार अल असाद तथा अन्य विद्रोही समुहहरुलाई युद्धविराम गराउन वा सैन्य गतिविधि निस्तेज पार्न राष्ट्रसंघ र शक्ति राष्ट्रहरुले ठोस पहल गर्न सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त