कर्णेण लामालाई नेपाल झिकाउन व्यवस्थापिका संसदको निर्देशन

२९ फाल्गुन २०७१, शुक्रबार १२:३० मा प्रकाशित

काठमाण्डौ, फागुन २९ । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले बेलायतमा मुद्दा खेपिरहेका कर्णेल कुमार लामालाई नेपाल झिकाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिले शुक्रबार शान्तिमन्त्री नरहरि आचार्य र रक्षा सचिव ईश्वरीप्रसाद पौडेल र नेपाली सेनाका प्रतिनिधिसँगको छलफल गरेको छ । समितिले बोलाएको भए पनि प्रधानमन्त्री सुशील कोइराला र प्रधानसेनापति गौरव शमशेर जबरा भने बैठकमा उपस्थित हुनुभएन ।
बैठकमा कानुन एवं शान्तिमन्त्री आचार्यले सरकारको तर्फबाट भएका पहलबारे जानकारी गराउनुभयो । उहाँल लामालाई नेपाल फर्काउन पहल गरेको तर, बेलायती अदालतमा मुद्दा चलिरहेका कारण सम्भव नभएको बताउनुभयो ।
बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलसहितका विभिन्न दलका सभासदरुले लामालाई नेपाल फर्काएर नेपालकै कानून अनुसार अनुसन्धान गर्नु पर्ने माग गरेका थिए । लामाको पक्राउ नेपालमाथि हस्तक्षेप भन्दै उनीहरुले सरकारको भूमिका प्रभावकारी नभएको बताए ।
समितिमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री आचार्यले सत्य निरुपण आयोग गठनपछि परिस्थिति भएको भन्दै अब समितिले दिने निर्देशनका आधारमा सरकार अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । लामाको पक्राउबारे सत्य निरुपण आयोगले समेत चासो देखाइसेको भन्दै शान्ति मन्त्री आचार्यले गम्भीर प्रकृतिका घटनामा कानुन अनुसार कारबाही गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो ।
छलफलपछि मानवअधिकार समितिले कर्नेल कुमार लामालाई नेपाल झिकाउन र उनरुविरुद्धको मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हेर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयका साथै परारष्ट्र र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
शान्ति मिसनमा दक्षिण सुडानमा खटिएका कर्णेल कुमार लामा विदामा बेलायत गएको बेला सशस्त्र द्वन्द्वकालमा थुनुवालाई यातना दिएको अभियोगमा २०६९ पुस १९ गते पक्राउ परेका थिए । लामा धरौटीमा छुटेपनि अदालतले बेलायत छाड्न अनुमति दिएका छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका