विश्वकप फुटबल छनौटमा नेपाल भारतसँग २-० ले पराजित

२९ फाल्गुन २०७१, शुक्रबार ११:०७ मा प्रकाशित

काठमाण्डौ, फागुन २९ ।
सन् २०१८ को विश्वकप र सन् २०१९ को एसिया कप फुटबलको प्रारम्भिक छनोट चरणको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
भारतको गुवाहिटीमा हिजो वेलुकी भएको खेलमा नेपाल २-० ले पराजित भयो । ईन्दिरा गान्धी रंगशालामा सम्पन्न खेलमा नेपाललाई पराजित गर्न दुबै गोल सुनिल क्षेत्रीले गरे ।
जितसँगै भारतको विश्वकप फुटबल छनौट प्रतियोगितामा अघिल्लो चरण पुग्ने संभावना बलियो भएको छ भने नेपाल दबाबमा परेको छ ।
नेपालले अब काठमाडौंमा हुने दोस्रो लेगको खेल कम्तिमा ३ गोलको अन्तरले जित्नुपर्नेछ । दोस्रो लेगको खेल यही चैत ३ गते मंगलवार काठमाडौंको दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी