डा.केसी पुनः अनसन बस्ने

२९ फाल्गुन २०७१, शुक्रबार १०:३६ मा प्रकाशित

काठमाण्डौ फागुन २९ । डाक्टर गोविन्द केसीले मेडिकल कलेजको सम्बन्धन लगायतका विगतमा भएका सम्झौता पूरा गर्न सरकारलई १० दिने अल्टिमेटम दिँदै आगामी चैत ८ गते देखी पुनः आमरण अनसन बस्ने घोषणा गर्नुभएको छ ।
मुलुकमा चिकित्सा शिक्षा र सेवाको गुणस्तर बृद्धिलगायत सबैको पहुँच सुनिश्चित गर्न संघर्षरत डाक्टर केसीले १० बुँदे माग सार्वजनिक गरेर आमरण अनसन बस्ने घोषणा गर्नुभएको हो ।
डा.केसीले सरकारले पटकपटक सम्झौता गर्ने, तर कार्यान्वयनमा भने चरम उदासिनता र लपरवाही देखाएकाले आफू अनसन बाध्य भएको बताउनुभयो ।
पहिले चिकित्सा शास्त्र अध्ययन संस्थानलाई टुक्राई निस्तेज पारेर सम्बन्धनको बाटो खोल्ने प्रयास गरिएको जनाउदै डाक्टर केसीले त्यो सम्भव नभएपछि हाल चिकित्सा शिक्षा नीति नबनाई विगतको सम्झौता, प्रतिबद्घता विपरीत नयाँ मेडिकल कलेजको सम्वन्धन खुलाउने प्रयास गरिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल