
काठमाण्डौ फागुन २९ । तेह्रथुमका १ सय १७ जना विद्यार्थी यस बर्षको एसएलसी परीक्षा दिनबाट बञ्चित हुने भएका छन् ।
पाँच सय रुपैयाँ परीक्षा शुल्क नतिरेको र ७५ प्रतिशत हाजिरी नपुगेकाले उनीहरु एसएलसी परीक्षा दिन बाट बन्चित भएको जिल्ला शिक्षा कार्यालयका परीक्षा शाखा प्रमुख लिलानाथ पोखरेलले बताउनुभयो ।
शिक्षा नियमावलीमा ७५ प्रतिशत हाजिर नपुगेकाले परीक्षा दिन नपाउने उल्लेख छ । गत बर्ष पनि जिल्लाबाट १ सय १४ जना यही प्रावधान अनुसार एसएलसी परीक्षा दिन बाट बन्चित भएका थिए ।
चैत्र ५ गतेबाट सुरु हुने परीक्षाका लागि तयारी अन्तिम पारिएको समेत कार्यालयले जनाएको छ ।
यस वर्ष पनि साविकका १५ वटा परीक्षा केन्द्रहरुमा उत्तर पुस्तिका पु¥याइसकिएको जिल्ला शिक्षा अधिकारी दीर्घध्वज चापागाईले बताउनुभयो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल
काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ