सबैका लगि मृगौला स्वास्थ्य-प्रा.डा.दिव्या सिंह शाह/ प्रमुख नेफ्रोलजी तथा प्रत्यारोपण बिभाग ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

२८ फाल्गुन २०७१, बिहीबार १३:५८ मा प्रकाशित

१० औं विश्व मृगौला दिवस—१ गिलास पानी दिई मनाऔं ।

आज फागुन २८ गते संसार भर १० औं विश्व मृगौला दिवस मनाइदैछ । यस वर्षको नारा “सबैका लागि मृगौला स्वास्थ” रहेको छ । मृगौला रोगको सम्भावना र यसको उपचारको पहुँच सबैलाई समान नरहेको सो नराले स्पष्ट पारेको छ ।

संसारका करिब १० प्रतिशत मानिसमा कुनै न कुनै किसिमको मृगौला रोग रहेको हुनाले,मृगौला रोगको रोकथाम र उपचारको बाटो निकै लामो छ । आउँदो एक दशकमा मृगौला रोगको भार १७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ र विश्व स्वास्थ संगठनले यसलाई जनस्वास्थको अत्यन्त खतरनाक स्थिती भनिसकेको छ ।

धनी र गरीब दुवै मुलुकका केही खास खास समुदायका मानिसहरुमा मृगौला रोगको सम्भावना बढी रहेको पइएको छ । मृगौला रोगको डायलाइसिस र प्रत्यारोपण उपचार सेवा महंगो हुने हुनाले पनि यसले जनस्वास्थमा नकारात्मक असर पारेको देखिन्छ । अफ्रिकी,आदिवासी अमेरिकी र एसियाली मानिसहरुमा मधुमेह र उच्च रक्तचापको भार बढी रहेको छ जुन मृगौला रोगका प्रमुख कारणहरु हुन् ।

मृगौला रोगको रोकथामका लागि केही मुद्धाहरु अझ प्रधान भएका छन् । उदाहरणका लागि : अपर्याप्त र फोहोर खानेपानी,अस्वस्थ खाद्य (सामग्री) वस्तु,शैक्षिक र आर्थिक दुरावस्था,वेरोजगारी,अपर्याप्त स्वास्थ सेवा इत्यादी ।

नेपालजस्तो अति गरिब मुलुकमा त मृगौला रोग भएर दुवै मृगौला बिग्रनु भनेको मर्नु सरह हो । त्यसैले स्वस्थ मृगौलाकालागि यस बर्षको नाराले भने झै मृगौला दिवसमा आफु पनि एक गिलास पानी पिउँ र अरुलाई पनि एक गिलास पानी पिउन दिऊँ ।

मृगौला बचाउनका लगि अरु पनि धेरै उपचारहरु अपनाउन सकिन्छ । यही २८ गते हामी सम्पूर्ण नागरिक समाज, सरकारी संयन्त्र ,स्वास्थ व्यवसायी र बिरामीहरुलाई आफु आफ्नो परिवार र साथीभाइलाई पानी दिन  प्रोत्साहन गछौं । मृगौला रोगबाट बचाउन यो प्रयास सांकेतिक मात्र नभई,सो रोगबारेमा कुरा सुरु गर्न रोगका बारेमा जानकारी आदानप्रदान गर्न पनि टेवा पुर्याउँछ । अन्ततोगत्वा,यी प्रयासले आम मानिसको दैनिक व्यवहारमा दुरगामी असर पुर्याउँछ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको

काठमाडौँ । आज शनिबार देशभर थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश