दक्षिण अफ्रिकाले विश्वकपमा यूएईसामू ३४२ रनको लक्ष्य प्रस्तुत

२८ फाल्गुन २०७१, बिहीबार १२:१७ मा प्रकाशित

काठमाण्डौ फागुन २८ । एबी डिभिलियर्स मात्र एक रनले शतक बनाउन चुक्दा दक्षिण अफ्रिकाले विश्वकपमा यूएईसामू ३४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
विलिङटनमा टस हारेर पहिले ब्याटिङ थालेको दक्षिण अफ्रिकाले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । उसको स्कोर १७ रन हुँदा ओपनर हसिम अमला मात्र १२ रनमा पभेलियन फर्किए ।
उसले ९६ रन जोड्दा सुरुवाति तीन विकेट गुमाइसकेको थियो । तर, मध्यक्रमका ब्याट्सम्यानले दक्षिण अफ्रिकाको पारी सम्हालेका छन् ।
डिभिलियर्सले चाथौ विकेटका लागि डेभिड मिलरसँग १०८ रनको साझेदारी गरे । मिलर ४९ रनमा आउट भएपछि डिभिलियर्सले जेन पल डुमिनीसँग ५३ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको स्कोर २५७ पुर्याए । डिभिलियर्सलाई छैटौं विकेटका रुपमा ९९ रनमा कमरान शाजेदले पभेलियनको बाटो देखाइदिए ।
डेमिनी २३ रनमा आउट भए । तर, फरहान बहाडीयन र भर्नन डिफन्डरले अन्तिम तीन ओभरमा ४९ रनको महत्वपूर्ण साझेदारी गरे । बहाडीयनले मात्र ३१ बलमा अविजित ६४ रन बनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार बिहान सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । आफ्नै मैदानमा भएको

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०