तत्काल सत्ता छोड्न राष्ट्रपति असादलाई अमेरिकी विदेश मन्त्रीको आग्रह

२५ जेष्ठ २०६९, बिहीबार १५:३८ मा प्रकाशित

काठमाडौ, २५ जेठ । सिरियामा जारी हिंसाका क्रममा पछिल्लो पटक बुधबार हिजो कम्तीमा पनि एकसय जनाको आम हत्या भएको छ । सिरियाली सेनाको कारबाहीबाट ती सर्वसाधारण मारिएको सामाचार आज मानवअधिकारवादीहरुले सार्वजनिक गरेका छन् । विपक्षी दलहरुले पनि त्यो हत्या सरकारले गरेको पुष्टि गरेका छन् । हामा सहरमा गरिएको हत्यामा मारिएका एक सयजनामध्ये २० जना बालबालिका र २० महिला रहेका छन् । हत्यालाई आमहत्याका रुपमा लिएका छन् ।
यसैबीच आमहत्याको घटनापछि अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले सिरियाली राष्ट्रपति बसार अल असादलाई तत्कालै सत्ता छोड्न आग्रह गर्नुभएको छ ।  सत्तामा बसेर नागरिक हत्याको अनुमति यो संसारमा कसैले पनि नपाएको भन्दै सिरियामा मानव हत्याका घटनाले सीमा नाघेकोले राष्ट्रपति असादले तत्कालै सत्ताबाट हट्नुपर्ने उहाँले बताउनुभयो । सिरियामा चौध महिनादेखि जारी रहेको हत्या हिंसामध्ये यो सबैभन्दा ठूलो आमहत्या हुने बताएका छन् । सन् २०११ को मार्च महिनामा राष्ट्रपति असादको राजीनामा मागगरी सुरु भएको यस जनआन्दोलनपछि १३ हजार ४०० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको