माटोले पुरिएर ३ जनाको ज्यान गयो

२८ फाल्गुन २०७१, बिहीबार ११:५७ मा प्रकाशित

काठमाण्डौ फागुन २८ । डोटीको कपल्लेकी गाविसमा माटोको ढिक्स्कोमा पुरिएर तीनजना महिलाको ज्यान गएको छ ।
घर पोत्न कमेरो माटो लिन आज बिहान माटो खानीमा पुगेका करिब १५ जना मध्ये तीनजनाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मृत्यु हुनेहरुमा कपल्लेकी–९ का कालिका भुल, सीताकुमारी भुल र कुमारी भुल रहेका छन् । माटोको ढिस्कोले पुरियर अन्य चारजना गम्भीर घाइते भएका छन् । उनीहरुको दिपायलिस्थत अस्पतालमा उपचार भइरहेको छ ।
माटोको ढिस्कोबाट अझै महिलाको आवाज आइरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।
घटनास्थलमा नेपाली सेनाको दिपायलयस्थित सुदूरपश्चिम पृतनाको टोली र प्रहरीको टोली उद्धारका लगि खटिएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका