पूर्व युवराज पारस नेपाल आउने

२८ फाल्गुन २०७१, बिहीबार ११:४० मा प्रकाशित

काठमाण्डौ फागुन २८ । पूर्वयुवराज पारस शाह नेपाल फर्कने भएका छन् । यसअघि दसैं, तिहार वा बाबुआमाको जन्मदिमा पनि नेपाल नआएका उनी भान्जा पार्थक सिंहको व्रतबन्धमा सहभागी हुन नेपाल आउन लगेका हुन । भान्जा सिंहको व्रतबन्ध चैत १५ गते हुने भएको छ ।
लुङखाई कारागारमा रहँदा उनको मुद्दा फैसला हुने हो वा होइन भन्ने विषयमा निर्णय भइनसकेको अवस्थामा बहिनी प्रेरणाले व्रतबन्धको मिति तय गर्न सकेकी थिइनन् ।
तर, करिब दुई साताअघि नै अदाल्तले पूर्वयुवराज पारसको पक्षमा फैसला गर्ने लगभग जानकारी भइसकेपछि व्रतबन्धको मिति तय गरिएको छ ।
पारस जेलबाट छुटेर अदालतको प्रक्रिया अघि बढाएपछि परिवारमा खुसी छाएको छ ।
मामा पारस नभएदेखि यो वर्ष व्रतबन्ध नहुने अवस्था थियो । तर अदालतले मुद्दाको टुंगो ल्गाएका कारण पारस आउने पक्का भएको हो । हिन्दु परम्पराअनुसार व्रतबन्धमा भान्जाको कपाल, काट्नेदेखि वटुकले लगाउने सबै लुगा मामाले दिने चलन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको