काठमाण्डौमा स्वाइन फ्लूको सन्त्रास – ३ जनाको मृत्यु

२८ फाल्गुन २०७१, बिहीबार ११:१० मा प्रकाशित

काठमाण्डौ फागुन २८ । स्वाइन फ्लूका कारण एक महिला र २ पुरुषको ज्यान गएको हो । स्वाइन फ्लू लगेका उनीहरुले केएमसी, किस्ट र ओम अस्पताल्मा उपचार गराएका थिए । तर ढिला गरी स्वास्थ्य जाँच गराउन गएकाले उपचार सम्भव नभएको डाक्टरहरुले बताएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकुकी प्रमुख डाक्टर गीता शाक्यका अनुसार स्वाइन फ्लू लागेका उनीहरुले रोगबाट ग्रसित भएपछि मात्रै जाँच गराएका थिए ।
समयमा जाँच गराए, स्वाइन फ्लूबाट बच्न सकिन्छ । स्वाइन फ्लूको संक्रमण फैल्ंिदै गएपछि अहिले स्वास्थ्य जाँच गराउनेको संख्या ह्वात्तै बढेको छ । गएको जनवरी महिना यता झण्डै १ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् ।
त्यसमध्ये १ सय ७६ जनामा संक्रमण पाईएको डाक्टर शाक्यले बताउनुभयो ।
स्वाइन फ्लूको शंकामा स्वास्थ्य परीक्षण गराउनेको संख्या बढिरहेपनि वास्तविक विरामी भने ढिला गरी मात्र जाँच गराउन आउने गरका उहाँको भनाई छ ।
यसैबीच स्वाईन फ्लू लगेका विरामीको उपचार गराईरहेका अस्पतालले सतर्कता अपनाएका छन् । उनीहरुले अस्पतालका सबै कर्मचारीलई माक्स ल्गाउन अनिवार्य गरेको बताएका छन् । रुघाखोकी लगेका बेल भिडभाडमा नगए र माक्स लगाएर हिँडे यो रोगको संक्रमणबाट बच्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको

काठमाडौँ । आज शनिबार देशभर थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश