ठगी मुद्दामा एमाओवादी सभासद् ल्हारक्याल लामा

२८ फाल्गुन २०७१, बिहीबार १०:३८ मा प्रकाशित

काठमाण्डौ फागुन २८ । दोहोरो नागरिकता र राहदानी विवादमा आलोेचित एमाओवादी सभासद ल्हारक्याल लामा वैदेशिक रोजगारका लागि मकाउ पठाइदिने भन्दै म्यानपावर सञ्चाल्लक र सयौं युवासँग करोडौं ठगी गरेको मुद्दाका समेत ‘फरार आरोपी’ रहेको खुलेको छ ।
ल्हारक्यालले मकाउको कामदार भिसा मगाउने खर्च र कमिसन बापत आफूसँग पटकपटक गरी २ करोड १९ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै काठमाडौं, बूढानीलकण्ठका केसबहादुर गुरुङले हालेको मुद्दा वैदेशिक रोजगार विभागमा अलपत्र परेको जनाइएको छ ।
गुरुङको जाहेरीमा विभागको उजुरी तथा अनुसन्धान शाखाले ल्हारक्याल सहित उनका आफन्तहरु खिना लामा, फूर्पा लामा र छिरिङ डोल्मा लामालाई वैदेशिक रोजगार कसुर मुद्दामा अनुसन्धानका लागि खोजी गरी विभागमा बुझाउन २०७० भदौ १० मा महानगरीय प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गरेको थियो ।
पूर्वमन्त्री ल्हारक्याल एमाओवादी सिफारिसमा केही समयअघि मात्र मन्त्रिपरिषद्बाट सभासद मनोनीत भएका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो