विश्वकप क्रिकेट : श्रीलंकाको सहज जीत, सांगाकाराको ४ खेलमा ४ शतक

२७ फाल्गुन २०७१, बुधबार २०:४३ मा प्रकाशित

काठमाडौँ, २७ फागुन। विश्वकप क्रिकेट अन्तर्गत बुधवार भएको खेलमा श्रीलंका बिजयी भएको छ । उसले स्कटल्याण्डलाई १४८ रनले पराजित गरेको हो ।अस्ट्रेलियाको होबर्ट मा टस जितेर पहिले ब्याटिंग गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै ३६३ रन बनाएको थियो । २१ रनमा पहिलो विकेट गुमाएको श्रीलंकालाई कुमारा संगकारा र तिलकरत्ने दिलसानले दोस्रो विकेटको लागि १९५ रन्को साझेदारी गरेपछि उच्च लक्ष्य तर्फ़ उन्मुख भएको थियो ।

संगकारा र दिलसानले शतक बनाएका थिए । ९५ बलको सामना गरेका संगकराले १३ चौका र ४ छक्काको मद्दतले १२४ रन्को योगदान दिएका थिए भने ९९ बलको सामना गरेका दिलसानले १० चौका र १ छक्काको मद्दतले १०४ रनको पारी खेलेका थिए | त्यस्तै एञ्जेलो म्याथयुजले ५१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन ।

स्कटल्यान्डका जे एच ड्याविले ३ विकेट लिए | त्यस्तै बेरिंगटन र एभंसले समान २- २ विकेट हात पारे, भने टेलर र माचनले समान १-१ विकेट लिन सफल भए । ३६४ रन्को लक्ष्य लिएर मैदान उत्रेको स्कटल्याण्ड ले ४३.१ ओभरमा सबै विकेट गुमाउदै मात्रै २१५ रन बनाउन सक्यो | उसको लागि कोलेमान्ले ७० रन्को योगदान दिएको थिए भने मम्सेनले ६० रनको पारी खेल्नु बाहेक अन्यले उल्लेखनिय प्रदर्शन गर्न सकेनन ।

श्रीलंकाका कुलासेकारा र चमेराले समान ३-३ विकेट लिए भने मलिंगाको भागमा २ विकेट रह्यो | त्यस्तै परेरा र दिलसानले समान १-१ विकेट लिए | खेलमा शतक बनाएका संगकारा म्यान अफ द म्याच भए |

प्रतिक्रिया
सम्बन्धित खवर

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा