काग्रेस एमाले गठबन्धनमा २७ दल, भोली थप आन्दोलनको घोषणा गर्ने

२५ जेष्ठ २०६९, बिहीबार १५:२५ मा प्रकाशित

काठमाडौ, २५ जेठ । नेपाली काग्रेस र नेकपा एमालेले नेतृत्व गरेको सरकारको निर्वाचन घोषणाको विरुद्धको गठबन्धनले भोली थप आन्दोलनको घोषणा गर्ने भएको छ ।
सो गठबन्धनमा रहेका २७ दलले आज संयुक्त पत्रकार सम्मेलन गरेर भोली देखि सरकारको कदम विरुद्ध थप शसक्त आन्दोलन घोषणा गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
दलहरुले मुलुकमा पुन सहमतिको राजनीति सुरु गरेर मुलुकलाई निकास दिने उदेश्यले सुरु भएको आन्दोलन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पदमुक्त गरेर सहमतिको सरकार निर्माण गरेर अगाडि नबढ्दासम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।
उनीहरुले आन्दोलनको मार्फतबाट सरकारको सत्ताकब्जा गर्ने रणनीतिको पर्दाफास गर्ने स्पष्ट पार्दै माओवादी  नियोजित रुपमा सत्ताकब्जा गर्ने चाल चलेको दावी गरे ।
पत्रकार सम्मेलनमा संविधानले अर्को संविधानसभाको निर्वाचनको परिकल्पना नगरेको भन्दै सरकारले संविधान र संविधानसभाको अनतिक्रम्य अधिकारको हनन गरेर  निर्वाचनको घोषणा गरेको आरोप लगाईयो ।
एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभा फेरि पुर्नस्थापना  हुन नसक्ने भन्दै सहमतिको सरकार निर्माण भए पछि मात्रै विकल्पमा छलफल हुने बताए ।
काग्रेस सभापति सुशिल कोइरालाले आन्दोलनमार्फत गठबन्धनले सरकारको सत्ताकब्जाको राणनीतिको पर्दाफास गर्ने भन्दै सहकार्य, सहमतिको राजनीति स्थापना गर्न आन्दोलन गर्नु परेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।