भारतका पूर्व प्रधानमन्त्री सिंहलाई अदालतले बोलायो

२७ फाल्गुन २०७१, बुधबार २०:३८ मा प्रकाशित

नयाँ दिल्ली, २७ फागुन । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाई एक भ्रष्टाचारसम्बन्धी मुद्दामा बयानका लागि अदालतले बोलाएको खबर छ ।
उहाँलाई उहाँ भारतको प्रधानमन्त्री रहेका बेला सन् २००५ मा गरेको भनिएको कोइलासम्बन्धी अनियमितताको मुद्दामा बयानका लागि अदालत बोलाएको समाचारमा जनाइएको छ ।
अरबौँ भारतीय रुपैयाँ बराबरको सो मुद्दाको छानबीन जारी रहेको छ । सो मुद्दामा जारी अनुसन्धानका क्रममा भारतको विशेष अदालतले पूर्व प्रधानमन्त्री डा. सिंहसहित अरु पाँचजनालाई सो मुद्दाका बारेमा प्रश्न सोध्नका लागि बोलाएको हो ।
उहाँलाई कोइलाखानी सञ्चालनसम्बन्धी अनुमति दिँदा सरकारी साधन र स्रोतको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सोधपुछका लागि बोलाएको हो ।
त्यस समयमा उहाँ आफै कोइला मन्त्रीको पनि जिम्मेवारीमा रहनुभएको र सोही समयमा कोइला उत्पादन र बिक्रीबितरणका लागि निजी क्षेत्रलाई दिइएको लाइसेन्समा अनियमिता भएको बताइएको थियो ।
त्यसको केही समयपछि देखि नै उक्त काण्डको छानबीन सुरु भएको थियो । सोही क्रममा बुधबार उहाँलाई अदालतले आगामी अप्रिल ८ मा बयानका लागि बोलाएको बताइएको छ ।
यो काण्डले सन् २००५ मा भारतको कोइला खानीको क्षेत्रमा निकै ठूलो तहल्का मच्चाएको थियो ।
यो विषय भारतका एकजना ठूला उद्योगपतिसँग पनि जोडिएको आरोप लगाइएको छ । कुमार मङ्गलम बिरला भारतको कोइलासम्बन्धी एक ठूलो कम्पनी हिन्डाल्कोका अध्यक्ष पनि रहेका र सो कम्पनी पनि यसमा मुछिएको छ ।
सो कम्पनीले यसअघि नै कोइला खानीको सो अनुमतिका क्रममा कुनैपनि अनियमितता नभएको दाबी गरेको छ ।
पूर्व प्रधानमन्त्री डा. सिंहले पनि सन् २०१३ मा नै एक विज्ञप्तिमार्फत सो विषयमा कुनैपनि अनियमितता नभएको र राजनीतिक रुपमा प्रेरित भई यस्तो मुद्दा उठाइएको बताउनुभएको थियो ।
भारतको सर्वाेच्च अदालतले गएको दुई दशकमा भारत सरकारले त्यहाँको निजी क्षेत्रलाई दिएको सो कोइलाखानी सञ्चालनसम्बन्धी अनुमतिका विषयमा करिब २१४ वटा कोइला खानीमाथि कारबाही गरेको थियो । रासस÷सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित खवर

इस्तानबुल । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा बस र एम्बुलेन्स एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य २२

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।