एसिड पीडित छात्राहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीद्वारा निर्देशन

२७ फाल्गुन २०७१, बुधबार २०:३३ मा प्रकाशित

प्रकाश अधिकारी, काठमाण्डौं, २७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले बसन्तपुरको ए माइनस प्लस ट्यूसन सेन्टरमा अध्ययनका लागि प्रतीक्षारत रहेका बेलामा अनपेक्षित रुपमा अपरिचित व्यक्तिको एसिड आक्रमणमा पर्नु भएका छात्राद्वय सीमा बस्नेत र संगीता मगरलाई उहाँहरु उपचाररत अस्पतालको कक्षमा नै विशेष परीक्षा केन्द्र निर्धारण गरी एस.एल.सी.को परीक्षा दिने विशेष प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयलाई निदेशन दिनु भएको छ ।
पीडित छात्रा सीमा बस्नेतले प्रधानमन्त्री कोइरालालाई संबोधन गर्दै लेख्नुभएको पत्र पढे पछि उहाँले सो निर्देशन दिनुभएको हो ।
IMG_0001वीर अस्पतालको क्याबिन नं ९मा उपचाररत रहेकी छात्रा सीमा बस्नेतले फागुन २६ गते लेख्नु भएको पत्र उहाँका आफन्तहरुले आज प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता गर्नुभएको थियो । ४ पृष्ठ लामो सो पत्रमा पीडित छात्रा बस्नेतले आगामी चैत्र ५ गतेदेखि हुने एसएलसी परीक्षा पनि दिन पाउछु कि पाउदिन भन्ने अन्योल उत्पन्न भएको बताउनु भएको थियो ।
प्रधानमन्त्री कोइरालाले आजै गृह मन्त्रालयलाई एसीड प्रहार घट्नाको गम्भीर र प्रभावकारी अनुसन्धान गरी दोषीको पहिचान र पक्राउ गरी शिघ्र कडा कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिनु भएको छ । उहाँले भविष्यमा यस प्रकारका घट्ना हुन नदिन समेत विशेष सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनु भएके छ ।
आजै प्रधानमन्त्री कोइरालाले एसीड प्रहारको घट्नाबाट पीडित छात्राहरुको सम्पूर्ण उपचार खर्च राज्यको तर्फबाट व्यहोर्ने व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्न पनि निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस संबन्धि निर्णय गरी कार्यान्वयनको व्यवस्था मिलाउन फागुन १८ गते नै परिपत्र जारी गरिसकेको थियो ।
एसिड पीडित छात्रा बस्नेतले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उज्जल भविष्यको खोजीमा आफू रौतहटमा कक्षा ६ को शिक्षा पूरा गरेपछि २०६८ साल चैत्र २५ गते काठमाण्डौ. आएर कान्ति इश्वरी राज्य लक्ष्मी माध्यमिक विद्यालयमा भर्ना भएको उल्लेख गर्दै आफ्नो सपना पूरा गर्न अधिक मिहेनत गरेको विवरण समावेश गर्नुभएके छ । उहाँले यस बर्षको एस एल सीमा उत्कृष्ट अंक ल्याएर उच्च शिक्षा अध्ययन गर्ने अभिलाषा पूरा गर्न ट्यूशन पढेको उल्लेख गर्नुभएको छ ।
उहाँले फागुन १० गते एकापसमा एकाउण्टको समस्या समाधान गर्दै शिक्षकको प्रतीक्षा गरेको समयमा अप्रत्यासीत रुपमा अपरिचित व्यक्तिले एसिड फालेर आफ्नो जीवनमाथि खेलबाड गरेको र भविष्य चौपट पार्न खोजेको उल्लेख गर्दै १७ दिन बित्दा पनि दोषी पक्राउ नपरेकोमा आश्चर्य प्रकट गर्नु भएके छ । उहाँले त्यो दोषी व्यक्ति को थियो ? किन आफूहरुमाथि आक्रमण ग¥यो ? र आजसम्म किन पक्राउ परेको छैन भन्ने प्रश्न पनि उठाउनु भएको छ । उहाँले आफूसंग मोबाइल नभएको, फेसबुक पनि नभएको र ब्वायफ्रेण्ड पनि नभएके उल्लेख गर्नुभएको छ ।
उहाँले साथी संगीतासंग परिचय भएको १ हप्तामात्र भएको पनि उल्लेख गर्नुभएको छ ।कार्यालयमा दर्ता गराउनु भएको सो पत्रमा उहाँले यस घट्नाका दोषिहरुको पहिचान भएर दण्ड र कडा सजायको भागी नबनाइएमा भविष्यमा यस्ता घट्नाको पुनराबृत्ति हुने पनि उल्लेख गर्नुभएको छ । उहाँले दोषीमाथि हदैसम्मको फाँसीको सजायको माग पनि गर्नुभएके छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका