यस्तो बेला सहयोग नगरे कहिले गर्ने ? प्रधानमन्त्री कोइराला

२७ फाल्गुन २०७१, बुधबार १२:३९ मा प्रकाशित

काठमाण्डौं, २७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले बीऊको लागि राखेको विषाक्त पिसेर बनाएको रोटी खाँदा मृत्यु भएका धादिङ्ग पीडाका सन्जबहादुर तामाङ्गको परिवारका बाँकी सदस्यहरुलाई राहत र बिरामी परेका व्यक्तिहरुको स्वास्थ्योपचारमा सरकारले सहयोग गर्ने बचन दिनु भएको छ ।
उहाँले नेपाली कांग्रेस धादिङ्गका सभापति रामनाथ अधिकारीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले यस घट्नाका सन्दर्भमा दिएको ज्ञापन पत्र बुझ्दै सो बचन दिनु भएको हो । ज्ञापन पत्रमा यस घट्नाबाट पीडित परिवारलाई आर्थिक सहयोग र विरामीहरुको स्वास्थोपचारको सम्पूर्ण व्यवस्था गर्ने सहित बिषादीका बारेमा आम जनतालाई सही जानकारी दिने ब्यवस्था गर्न माग गरिएको छ ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले बडो दुःखद् घटना भएको उल्लेख गर्दै भन्नुभयो,“ नेपाली कांग्रेस पार्टी सभापति र सरकार प्रमुखको रुपमा पीडितहरुलाई सक्दो सहयोग गर्नेछु । दुखमा परेकालाई सहयोग गर्ने सरकारको दायित्व नै हो ।” उहाँले प्रश्न गदैैै भन्नुभयो,“ यस्तो बेलामा सहयोग नगरे कहिले गर्ने ?”
बीउको लागि राखेको विषाक्त गहुँ पिसेर बनाएको रोटी खादा धादिङ् पिँडा गाविस चिउरीभञ्ज्याङ्गका सन्जबहादुर तामाङ्को परिवारका ६जना सदस्यको सोमबार निधन भएको थियो । सोही घट्टमा पिसिएको गहुँ र कोदोको पिठोबाट बनाएको रोटी खाँदा थप ४१ जना विरामी परेका छन ।
प्रधानमन्त्री कोइरालाले मंगलबार साँझ एक समवेदना सन्देश दिदै सो घट्नाले आफूलाई मर्माहत बनाएको बताउनु भएको थियो । उहाँले बिषाक्त रोटी सेवनगरी दिवंगत हुनुभएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइरालाले विषाक्त गहुँ पिसिएको मिलमा लगत्तै गहुँ र कोदो पिसानी गरी त्यसको पिठोबाट तयार गरिएको रोटी खाँदा बिरामी पर्नुभएका समस्त नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइरालाले मंगलबारको समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ,“यस दुःखद् घट्नाले किरा फट्याङ्ग्राबाट खाद्यान्न, तरकारी र फलफूललाई जोगाउन हालिने किटनासक औषधि र विषादीहरुका बारेमा आमजनतामा चेतना फैलाउन अत्यावश्यक भएको देखाएको छ ।सरकारले रासयनिक मल र विषादिको प्रयोग सम्बन्धी नीति पुनरावलोकन गरी आम जनतालाई तिनका नकारात्मक प्रभावका बारेमा जानकारी दिन अबिलम्ब यथोचित कदम चाल्ने विश्वास पनि म दिलाउन चाहन्छु ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा