सृंखलाबद्ध पराजय ब्यहोरेको नेपाली समुदायका अर्का तन्नेरी जीवन तिवारी संघिय सदनको मैदानमा

२७ फाल्गुन २०७१, बुधबार ०२:०१ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस । अमेरिकी मुलधारको राजनीतिमा सृंखलाबद्ध पराजय ब्यहोरेको नेपाली समुदायका अर्का एक तन्नेरी बिजयको संभवाना खोज्दै मैदानमा उत्रिएका छन् । डिसी महानगर आस पासको क्षेत्रमा बसोबास गर्दै आएका नेपाली मूलका अगुवा तन्नेरी जीवन तिवारीले अमेरिकी मूलधारको राजनीतिमा नेपाली समुदायको पहिचान खोज्न भर्जिनियाको संघिय  सदन ‘हाउस अफ डेलिगेट्स’का लागि शन २०१५ को निर्वाचनमा आफ्नो  उम्मेदवारी घोषणा गरेका हुन् । नेपालको कास्की जिल्लास्थित सुन्दर पर्यटकीय नगरी लेखनाथ नगरपालिकाको बेगनासमा जन्मिएका र बिगत १० बर्ष देखि संयुक्तराज्य अमेरिकाको उत्तर भर्जिनियामा बसोबास गर्दै आएका तिवारीले गत शोमबार (मार्च ९ तारिखका दिन) भर्जिनियाको हाउस अफ डेलिगेट्सका लागि क्षेत्र नम्बर ८७ बाट संघिय सभा सदस्य पदका लागि डेमोक्र्याट पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

jiwan tiwariयसघि नेपाली मूलका रोजर अधिकारी, क्यालिफोर्नियाले सिटी काउन्शिल सदश्य, दर्शन रौनियार, वाशिंगटन स्टेटले काँग्रेस म्यान (प्रतिनिधि सभा सदश्य), हरीबोल भण्डारी “ह्यारी”ले बाल्टिमोरबाट मेरिल्याण्ड हाउस अफ डेलिगेट्सका लागि उम्मेदबारी दिए पनि उनीहरु प्रारम्भिक निर्वाचनमै पराजित भएका थिए । यद्यपि जर्जिया राज्यबाट हाउस अफ डेलिगेट्सका लागि उम्मेदबारी दिएकी नेपाली छोरी अमृता रेग्मीले भने प्रारम्भिक निर्वाचनमा विजयी हाँसिल गरी अन्तिम प्रतिष्पर्धामा रिपब्लिकन उम्मेदबारसंग पराजय ब्योहोरेकी थिइन् । स्मरण रहोस नेपाली मूलका सबैजसो उम्मेदबार डेमोक्र्याट पार्टीसंग आवद्ध रहँदै अमेरिकी मुलधारको राजनीतिमा पहिचान खोज्ने जमर्को गरिरहेका छन् । तिवारीको उम्मेदवारी रहेको क्षेत्र अघिल्लो जन गणना अनुसार झन्डै २५ प्रतिशत एशियाली मूलका आप्रावाशीहरुको बसोबास रहेको स्थानका रुपमा परिचित छ । यद्यपि रिपब्लिकन बहुल भर्जिनियामा डेमोक्र्याट पार्टीको तर्फबाट तिवारीको उम्मेदवारी भएकोले विजयी हुने सम्भावना यस पटक पनि न्यून रहेको आंकलन गरिदै छ । डेमोक्र्याट पार्टीसंग आवद्ध एक राजनीतिकर्मीको भनाइमा अमेरिकी मुलधारको राजनीतिमा आइड़ेनटिटी क्राइशिसले ग्रस्त नेपाली समुदायले हतार गरेकै कारण निरन्तर पराजय ब्यहोर्नु परेको हो । उनको भनाइमा हतारमा नाम र पहिचान खोज्ने यो क्रमले नेपाली समुदायको विस्वशनियता समेत गुम्दै छ ।

Delegate Familyको हुन् तिवारी:
भर्जिनियाको हाउस अफ डेलिगेट्सका लागि उम्मेदवार बनेका तिवारी डेमोक्राटिक पार्टीमा विभिन्न तहमा शन २००९ देखि नै क्रियाशील रहँदै आएका तिवारी त्यस क्षेत्रमा डेमोक्राटिक पार्टीको कोषाध्यक्ष पदमा रही काम गरेका अगुवा समाजसेवी र तन्नेरी राजनीतिज्ञ हुन् । यस अघि उनले राष्ट्रपति बराक ओबामाको चुनावी अभियानमा सक्रिय सहभागिता जनाएका थिए । हाल डिसी महानगर क्षेत्रमा क्रियाशील नेपाली समुदायको पुरानो संस्था अमेरिका नेपाल सोसाईटीका अध्यक्ष समेत रहेका तिवारी प्रिन्स विलिएम तथा लाउडन काउन्टी डेमोक्राटिक दलका सदस्य तथा डेमोक्राटिक एसिएन अमेरिकन अफ भर्जिनियाका सदस्य समेत रहेका छन् । सन् २००४ मा डाइभरसिटी भिषा (डिभि चिट्ठा) कार्यक्रम अन्तर्गत अमेरिका प्रवेश गरेका तिवारी अमेरिअक बसाइको सुरुवाती दिनको झन्डै एक बर्ष न्युयोर्कमा बसी शन २००५ देखि भर्जिनियामा स्थाई बसोबास गर्दै आएका छन् । राजनीतिकर्मी तिवारी श्रीमती हिमाली तिवारी, चार बर्षका छोरा आदर्श तिवारी र दुई बर्षकि छोरी अर्बिना तिवारीका साथ भर्जिनियाको नेपाली समुदायको सामाजिकीकरण प्रक्रियामा संलग्न रहँदै आएका छन् । भर्जिनियाको हाउस अफ डेलिगेट्सका लागि क्षेत्र नम्बर ८७ बाट २०१५ को लागि संघिय सभा सदस्य पदमा डेमोक्र्याट पार्टीका तर्फबाट उम्मेदवारी दिएका तिवारीले आगामी जुन ९ ,२०१५ मा हुने प्रारम्भिक निर्वाचनमा अन्तर पार्टी प्रतिष्पर्धामा विजयी हाँसिल गरन सफल भएमा नोभेम्बरमा हुने निर्वाचनमा रिपब्लिकन उम्मेदबारसंग अन्तिम प्रतिष्पर्धामा गर्ने अवशर प्राप्त गर्ने छन् । डेमोक्र्याट पार्टीका तर्फबाट उम्मेदवारी दिएका तिवारीले आफ्नो चुनाबी मुद्धाको रुपमा अन्य डेमोक्र्याट उम्मेदबारले जस्तै शिक्षा ,स्वास्थ्य ,आवास ,आर्थिक विकासका एजेन्डा अघि सारेका छन् । स्मरण रहोस एशियन अमेरिकन र नेपाली अमेरिकनको मतलाई आधार मानेर मैदानमा होमिएका तिवारीले लक्षित समुदाएको मुद्धा अर्थात् आप्रवाशिहरुको आवाज अध्यागमन सुधार, अमेरिकी मुलधारको रोजगारीको समान अवशर , साना उद्यम, भाषा, आर्थिक, सामाजिक र शैक्षिक मुद्धामा ध्यान दिन नसकेकोले उनको चुनावी अभियानमा एशियन अमेरिकन र नेपाली अमेरिकनको ध्यान आकृष्ट हुन सकेको छैन ।  यद्यपि डेमोक्र्याट पार्टीका तर्फबाट उम्मेदवारी दिएका तिवारीले आफ्ना लागि सहयोगको आग्रह गर्दै चुनावी अभियान भने सुरु गरिसकेका छन् । तन्नेरी डेमोक्र्याट राजनीतिकर्मी जीवन तिवारीले अमेरिकी मुलधारको राजनीतिमा सृंखलाबद्ध पराजय ब्यहोरेको नेपाली समुदायको तर्फबाट विजयीको झन्डा गाड्न सक्छन वा सृंखलाबद्ध पराजयको निरन्तरता दिने हुन् त्यसका लागि जुलाई – नोभेम्बर सम्म प्रतिक्षा गर्ने पर्ने हुन्छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले