एमाले अध्यक्ष ओलीलाई छातिमा इन्फेक्सन, घरमै विशेष उपचार

२६ फाल्गुन २०७१, मंगलवार २२:०० मा प्रकाशित

काठमाडौं, २६ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छातीमा‘इन्फेक्सन’भएपछि एमाले स्थायी समिति बैठक स्थगित भएको छ ।

चिकित्सकको सल्लाहमा उनलाई अस्पतालमा होइन घरमै विशेष उपचार हुँदैछ।’ओली चिकित्सकको सल्लाहमा केही दिनदेखिन निवासमै आराम गरिरहेका छन्। स्वास्थ्यमा समस्या भएकाले अध्यक्ष ओली प्रमुख राजनीतिक दलसँगको बैठकमा पनि सहभागि भएका छैनन्। यसअघि प्रधानन्त्री निवासमा भएको प्रमुख तीनसँग आन्दोलनरत एमाओवादी मोर्चाको बैठकमा पनि सहभागी हुन सकेका थिएनन् ।

मंगलबार हुने भनिएको स्थायी समितिको बैठक ओलीको छातिमा इन्फेक्सन भएर बोल्नै गारो भएपछि रोकिएको एमाले सचिव योगेश भट्टराईले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह