राष्ट्रपतिको आग्रहमा विपक्षी मोर्चाको आन्दोलन फागुन ३० गतेसम्म स्थगित

२६ फाल्गुन २०७१, मंगलवार २१:५८ मा प्रकाशित

काठमाडौँ, २६ फागुन । एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले यही फागुन ३० गतेसम्म वार्ता र सहमतिका लागि अधिकतम् प्रयास गर्न ३० गतेसम्म पर्खने निर्णय गरेको छ । राष्ट्रपति डा. रामबरण यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर तत्काल आन्दोलन स्थगित् गर्न आग्रह गरेसँगै मोर्चाले सहमतिको लागि ३० गतेसम्म पर्खने निर्णय गरेको हो ।

मोर्चाको आज यहाँ बसेको बैठकले वार्तामा नेपाली काँग्रेस र एमाले नेतृत्वले देखाएको उदासीनताप्रति दुःख व्यक्त गर्दै वार्ता र सहमतिका लागि गम्भीर हुन जोडदार माग समेत गरेको छ ।

यही फागुन ३० गतेसम्म वार्तालाई निष्कर्षमा पुर्याउन ३० दलका तर्फबाट थप जोड लगाउने र कुनै निष्कर्ष ननिस्के आन्दोलनका सशक्त कार्यक्रम सार्वजनिक गर्ने मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकले बलात्कारमा परी निधन भएकी बाराकी छ वर्षीया पूजा साहको घटनामा संलग्न दोषीलाई कडा कारबाही र परिवारजनलाई क्षतिपूर्तिको माग गर्नुका साथै काठमाडौँमा भएको एसिड घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ