एनआरएन अमेरिकाको निर्वाचन घोषणा, उम्मेदवारी दिने अन्तिम म्याद मार्च २३

२६ फाल्गुन २०७१, मंगलवार १०:२१ मा प्रकाशित

किशोर पन्थी, न्युयोर्क, २६ फागुन । २१ वटा राज्यमा च्याप्टरसमितिहरु सहित एनआरएन अमेरिकाको नयाँ कार्यसमितिका लागि अप्रिल १६ देखि २० सम्म चुनाव गर्ने घोषणा गरिएको छ । एनआरएन अमेरिकाको निर्वाचन आयोगले चुनावी कार्यतालिका सार्वजनिक गर्दै अप्रिल १६ देखि २० सम्म अनलाइन र कागजी मतपत्रमार्फत मतदान हुने जनाएको हो । आयोगका तर्फबाट अध्यक्ष विनोद रोका , सदस्यहरु गोपाल श्रेष्ठ, माधवी कार्की, कन्हैया कायस्थ र रोबिन थापाले वक्तब्य जारी गरी मार्च ९ देखि अप्रिल २६ सम्मको चुनावी कार्यतालिका सार्वजनिक गरेका हुन् । चुनावी कार्यतालिका अनुशार मार्च ९ मा मतदाताहरुको प्रारम्भिक सुची र मार्च १५ मा मतदाताको अन्तिम सुची प्रकाशित गरिने भएको छ । मार्च ९ मा प्रकाशित मतदाताको सुचीबारे कुनै दावी विरोध भएमा प्रमाणसहित मार्च ११ को बेलुकी ५ बजेभित्र लिखित आवेदन दिन सकिनेछ । त्यसपछि मार्च १६ देखि २३ सम्म उम्मेदवारी दर्ताको मिति रहेको छ । उम्मेदवारी दिन इच्छुकले मार्च २३ को मध्यरातसम्म अनलाइनमार्फत आफ्नो उम्मेदवारी दर्ता गराउन सक्नेछन् । मार्च २६ मा उम्मेदवारहरुको पहिलो सुची प्रकाशित गरिनेछ । मार्च २७ देखि २९ सम्म दावी , विरोध र उम्मेदवारी फिर्ताका लागि मिति तोकिएको छ भने मार्च ३१ मा उम्मेदवारको अन्तिम सुची प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै अप्रिल १ देखि १५ सम्म चुनावी प्रचारप्रसारको अवधि तोकिएको छ । त्यसपछि अप्रिल १६ देखि २० सम्म अनलाइन र कागजी मतपत्रमार्फत मतदान हुनेछ । अप्रिल २५ र २६ मा मतगणनापछि मत परिणाम घोषणा गर्ने आयोगले जनाएको छ ।एनआरएन अमेरिकाको आगामी मार्च २१ र २२ मा हुने वार्षिक साधारणसभाले विधान संसोधन गर्ने चर्चा भइरहेपनि वर्तमान विधान अनुशार नै निर्वाचन कार्यतालिकाको घोषणा गरिएको छ । एनआरएन अमेरिकाको विभिन्न १९ वटा पदमा र पाँचजना एनआरएन आईसीसी सदस्यका लागि चुनाव हुने भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिन चाहनेले एकहजार अमेरिकी डलर उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ भने बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन चाहनेले ८ सय अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ । त्यस्तै दुईजना निर्वाचित हुने उपाध्यक्ष पदमा उम्मेदवारीका लागि ७ सय अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ । महासचिव पदमा उम्मेदवारीका लागि पनि ७ सय डलर नै शुल्क तोकिएको छ । सहसचिव र कोषाध्यक्ष पदमा उम्मेदवारीका लागि ६ सय डलर शुल्क तिर्नुपर्नेछ भने सहकोषाध्यक्ष, प्रवक्ता , मिडिया कोअर्डिनेटर, युवा कोअर्डिनेटर र महिला कोअर्डिनेटरमा उम्मेदवारीका लागि ५ सय अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ । ७ जना बोर्ड सदस्यका लागि हुने चुनावमा उम्मेदवारीका लागि भने ४ सय डलर शुल्क तोकिएको छ । पाँचजना निर्वाचित हुने एनआरएन आईसीसीको सदस्यमा उम्मेदवारीका लागि १ हजार अमेरिकी डलर शुल्क तोकिएको छ । त्यस्तै अलाबामा, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, फ्लोरिडा, जर्जिया, इलिनोय, मेरिल्याण्ड, मासाचुसेट्स, मिसिगन, न्यु ह्याम्सायर, न्यु जर्सी, न्यु मेक्सिको, न्युयोर्क, नर्थ क्यारोलिना, ओरेगन, पेन्सिलभेनिया, टेनिसी, टेक्सास, भर्जिनिया र वासिंटन राज्यमा एनआरएन अमेरिकाको च्याप्टरका लागि समेत चुनाव हुने भएको छ । च्याप्टर अध्यक्षमा उम्मेदवारी दिनका लागि ५ सय डलर शुल्क तिर्नुपर्नेछ । च्याप्टरमा एकजना उपाध्यक्ष निर्वाचित हुनेछन् , जसमा उम्मेदवारीका लागि ४ सय डलर शुल्क तोकिएको छ । त्यस्तै एकजना सचिव र एकजना कोषाध्यक्ष पदका लागि ३ सय ५० र ३ सय उम्मेदवारी शुल्क तोकिएको छ । च्याप्टरमा ११ जना डाइरेक्टरहरु निर्वाचित हुनेछन् । जसमा उम्मेदवारीका लागि २ सय डलर शुल्क तोकिएको छ । एनआरएन अमेरिकाको योग्य सदस्यले कुनै पनि पदका लागि तोकिएको समयभित्र उम्मेदवारी दिनसक्ने एनआरएन अमेरिकाको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद