विश्वकप क्रिकेट : अष्ट्रेलिया र न्युजिल्याण्ड विजयी

२५ फाल्गुन २०७१, सोमबार २२:०५ मा प्रकाशित

काठमाडौं, २५ फाल्गुन । विश्वकप क्रिकेट अन्तर्गत हिजो भएको खेलमा अष्ट्रेलिया र न्युजिल्याण्ड क्वार्टरफाइनलमा पुगेका छन् ।

आइतवार भएको पहिलो खेलमा न्युजिल्याण्डले अफ्गानिस्तनलाई ६ विकेटले हराएको छ ।न्युजिल्याण्डको नेपियरमा भएको खेलमा अफ्गानिस्तानले दिएको १ सय ८७ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ३७ औं ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

न्युजिल्याण्डको लागि मार्टीन गुप्टीलले ५७ रन तथा ब्रेण्डन म्याक्कुलमले ४२ रनको योगदान दिए ।यसअघि पहिले व्याटिङ गरेको अफ्गानिस्तानले ४८ औं ओभरमा अलआउट हुनुपुर्व १ सय ८६ रन जोडेको थियो ।अफ्गानिस्तानको लागि नजिबुल्लाह जद्रानले ५६ रन तथा शमिउल्लाह शेन्वारीले ५४ रनको योगदान दिए ।बलीङतर्फ न्युजिल्याण्डका ड्यानियल भिटोरीले ४ तथा ट्रेन्ट बोउल्टले ३ विकेट लिए ।

त्यसैगरी आइतवार भएको अर्को खेलमा श्रीलंकामाथि ६४ रनको जित हासिल गर्दै अष्ट्रेलिया पनि समूह ए बाट एक खेल खेल्न बाँकी छँदै क्वार्टरफाइनलमा पुगेको छ ।सिड्नीमा भएको खेलमा तीन सय ७७ रनको कठिन चुनौती पछ्याएको श्रीलंका तीन सय १२ रनमा समेटिएको थियो ।

कुमार सांगाकाराले एक सय चार तथा तिलकरत्ने दिलशानले ६२ रन बनाएको इनिङ्गमा दिनेश चाँदिमालले रिटायर्ड हर्ट हुनुपूर्व २४ बलमा ५२ रन बनाए ।जेम्स फल्कनरले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ९ विकेट गुमाएर तीन सय ७६ रन बनायो । ग्लेन म्याक्सवेलले ५३ बलमा एक सय दुई रन जोडे ।यसैगरी स्टेभेन स्मिथले ७२, माइकल क्लार्कले ६८ तथा शेन वाट्सनले ६७ रन बनाए ।

विश्वकपको दोस्रो इनिङ्गमा तीन सय रन बनाएर पनि पराजय बेहोर्ने श्रीलंका दोस्रो टिम बनेको छ ।अघिल्लो दिनमात्रै जिम्बाबेले तीन सय २६ रन बनाउँदा पनि आयरल्याण्डसंग पाँच रनको हार बेहोरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप

काठमाडौं । खेलाडीमा कोरोना भाइरसकाे आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ । प्रधानमन्त्री (पीएम)

काठमाडौं । मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित

काठमाडौं । सातदोबाटो यूथ क्लबसँग अप्रत्याशित २-१ ले स्तब्ध भएसँगै मनाङ मर्स्याङ्दी क्लबको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानमा