बलात्कारको बिषयमा आधारित डकुमेन्ट्री प्रतिबन्धको बढ्दो विरोध

२५ फाल्गुन २०७१, सोमबार २२:०१ मा प्रकाशित

नयाँ दिल्ली, २५ फागुन । भारतमा बलात्कार गरी हत्या गरिएकी एक युवतीमा आधारित रहेर निर्माण गरिएको एक डकुमेन्ट्री प्रशारणमा भारतीय सरकारले लगाएको प्रतिबन्धको विरोध भएको छ ।
सो प्रतिबन्धको विरोध गर्ने क्रममा आइतबार एक भारतीय टेलिभिजन संस्था एन्डीटिभीले पनि प्रशारण रोकेर विरोध गरेको समाचार छ ।
उक्त विवादास्पद डकुमेन्ट्रीमाथि प्रतिबन्ध लगाएको आरोपमा भारतको राष्ट्रिय प्रशारण संस्था एन्डीटिभीले आइतबार राति ९ देखि १० बजेसम्म एक घन्टाका लागि प्रशारण रोकेको थियो ।
उक्त टेलिभिजनले आइतबार रातिको ९ देखि १० बजेसम्म केही पनि प्रशारण नगरी एउटा बलेको दियोमात्र देखाएर स्क्रीनमा मात्र देखाएको थियो ।
इन्डियाज डटर (भारतकी छोरी) नाम दिइएको उक्त डकुमेन्ट्रीले भारतमा महिलामाथि थप हिंसा निम्त्याउन सक्ने र महिलाको नै अपमान गरेको निर्णय गर्दै भारत सरकारले प्रतिबन्ध लगाएको हो ।
उक्त सञ्चारमाध्यमले सो सरकारी निर्णयमाथि कुनै प्रतिक्रिय भने दिएको छैन । तरपनि सो टिभीले उक्त विरोधको कार्यक्रम गर्नुअघि उक्त संस्थाकी समाचार निर्देशक सोनिया सिंहले आफ्नो ट्वीटर अकाउन्टमा लेखेकी छिन्– हामी कराउँदैनौ, बोल्दैनौँ बरु सुन्नेमात्र छौँ ।
सो डकुमेन्ट्रीमा हाल जेलमा रहेको एकजना बलात्कारीको पनि अन्तरवार्ता राखिएको छ । उसले सो बलात्कारमा मारिएकी पीडित युवतीकै दोष देखाउने प्रयत्न गरेको छ ।
उसले सो अन्तरवार्तामा ती युवती त्यस्तो रातिमा एक्लै नहिडेको भए हुन्थ्यो भन्दै सोही कारण पनि बलात्कारका लागि वातावरण बनेको प्रतिक्रिया दिएको छ ।
यसै कारणले पनि उक्त डकुमेन्ट्री देखाउदा त्यसले सार्वजनिक शान्ति र अमन चयनमा खलल पार्नसक्ने भन्दै सरकारले उक्त डकुमेन्ट्रीमाथि प्रतिबन्ध लगाएको थियो ।
उक्त डकुमेन्ट्रीको प्रशारणमा भारतीय अदालतले नै प्रतिबन्ध लगाएको बताइएको छ । महिलाको अस्मितामा पनि त्यसले प्रभाव पार्नसक्ने भन्दै त्यसको प्रशारणमा रोक लगाइएको बताइएको छ ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि यदि त्यो डकुमेन्ट्री देखाएमा यहाँका महिलाको अपमान हुने धारणा राख्नुभएको छ ।
उहाँले एकजना बलात्कारीले पीडित युवतीलाई नै दोषारोपण गर्नेगरी दिएको अभिव्यक्तिले महिलाको इज्जत र अधिकारको संरक्षण नहुने धारणाका साथ त्यसमा प्रतिबन्ध लगाउनुपरेको बताउनुभएको छ ।
तर ती युवतीका बुबाले भने त्यो डकुमेन्ट्री सबैले हेर्नुपर्ने धारणा यसअघि नै सार्वजनिक गरेका छन् । उनले भारतमा महिलामाथि कस्तो व्यवहार हुन्छ भन्ने तीतो सत्य थाहा पाउनका लागि पनि यो डकुमेन्ट्री हेर्नुपर्ने बताएका छन् ।
सन् २०१२ को डिसेम्बरमा ती युवतीलाई बलात्कार गरिएको थियो । पछि उपचारका क्रममा उनको निधन भएको थियो ।
बलात्कारीहरुलाई भारतीय अदालतले नै जन्मकैँदको फैसला सुनाएको छ । अहिले उनीहरु जेलमा रहेका छन् । रासस-एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई