बन्नेभो एनआरएन भवन, प्रधानमन्त्री सुशील कोइरालाद्वारा शिलान्यास

२५ फाल्गुन २०७१, सोमबार २१:५६ मा प्रकाशित

काठमाडौ, २५ फागुन । राजधानी काठमाडौको बालुवाटारमा गैरआवासिय नेपाली संघ (एनआरएन)  भवन सिलन्यास गरिएको छ । संसार भरी रहेका गैरआवासिय नेपालीहरुसंग संकलन गरिएको सहयोग राशि करिव २० करोड लगानीमा निर्माण हुने भवन सोमबार प्रधानमन्त्री सुशील कोइरालाले सिलन्यास गरेका हुन् । एनआरएन भवन आगामी एक वर्षभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तीन रोपनी क्षेत्रफलमा फैलिएको भवन सभाकक्ष सहित अत्याधुनिक सुविधा सम्पन्न हुनेछ । संघका अध्यक्ष शेष घलेले अहिले डिजाइनको काम भइरहेको जानकारी दिदैं भवन निर्माण कार्य तिब्र गतिमा अघि बढाउने बताए । भवन निर्माणका लागि संसारभर छरिएका गैरआवासीय नेपालीले सहयोग गरेका छन् । अध्यक्ष घलेका अनुसार यस अवधिमा १९ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता आइसकेको छ । संस्थाको खातामा ७ करोड रुपैयाँभन्दा बढी जम्मा भइसके छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको