वार्ताबाटै संबिधान बनाउन सकिन्छ: प्रधानमन्त्री कोइराला

२५ फाल्गुन २०७१, सोमबार २१:४६ मा प्रकाशित

काठमाडौ, २५ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताबाटै सहमतिमा संबिधान बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । कोइरालाको भनाइ छ,“ पार्टीहरुका बीच सहमति खोज्ने सिलसिलामा एएमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”जीसँग हिजो आइतबार बेलुका लामो र सकारात्मक ढंगले छलफल भएको छ । एमाले अध्यक्ष के.पी. ओलीजी यद्यपि बिरामी हुनुहुन्छ, तर उहाँसंग पनि अहिले विकसित भएका सबै घट्नाक्रमका बारेमा छलफल र समान धारणा हामी बनाइरहेका छौ । पार्टीका अन्य नेता साथीहरु पनि संवाद र सहमतिको वातावरण बनाउन लाग्नु भएको अवस्था छ ।
यसैले म प्रचण्डजीको नेतृत्वमा रहेको मोर्चाका सबै राजनीतिक दल र नेताहरुलाई अहिले बन्दै गएको वार्ताको वातावरणमा योगदान पुर्याउन हार्दिक अनुरोध गर्दछु । वार्ताबाटै सहमति बनाउदै लैजान सकिन्छ भन्ने कुरामा पनि भरोसा गर्न आग्रह गर्दछु ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट