सहमतिमै नेपालको भाग्य कोर्न टाम्राटको प्रचण्डलाई सुझाव

२५ जेष्ठ २०६९, बिहीबार १४:२२ मा प्रकाशित

काठमाडौ, २५ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनका विशेषदूत स्यामुअल ताम्राटबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा आज भएको भेटमा पछिल्लो समयमा विकसित नेपालको  राजनीतिक घटनाक्रम र संविधानसभाबाट संविधान नबनेको विषयमा छलफल भएको थियो । भेटमा विशेषदूत ताम्राटले संविधानसभाबाट संविधान बन्न नसक्नु दुःखद् भएको बताउँदै राजनीतिक दलहरुले सहमतिमै नेपालको भाग्य र भविष्यको फैसला गर्नुपर्नेमा जोड दिनुभएको अध्यक्ष दाहालका सहयोगी  शिव खकुरेलले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले राजनीतिक दलहरुका बीचमा सङ्घीयताको विषयमा सहमति हुन नसक्दा संविधान बन्न नसककेको बताउँदै पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान बनाउनका लागि केही राजनीतिक दलहरु सहमत नभएका कारण देशले निकास पाउन नसकेको बताउनुभएको थियो । ताम्राटले राजनीतिक दलहरुबीच नयाँ सहमति गरेर  देशलाई अगाडि बढाउनका लागि अनुरोध गर्नुभएका प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव