कोइराला-दाहाल भेट, वार्ता अघि बढाउन कुराकानी

२४ फाल्गुन २०७१, आईतवार २१:३८ मा प्रकाशित

काठमाडौ, २४ फाल्गुन । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच संबिधान निर्माण प्रक्रिया सुचारु गर्न प्रमुख राजनीतिक दलहरुको वार्ता अघि बढाउने बिषयमा कुराकानी भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको कुराकानी सहमतिका लागि छलफल तीब्र पार्ने समझदारी भएकोछ ।

प्रधानमन्त्रीमन्त्रीका संचार सल्लाहकार प्रकाश अधिकारीले दिएको जानकारी अनुसार दुई नेताबीच प्रमुख दलका शिर्ष नेताबीच छुट्टाछुट्टै छलफल गरी सहमतिको प्रयास गर्ने कुरा भएको छ ।

भेटमा कोइरालाले आफ्नो नेतृत्वमा संविधान जारी गर्न गृहकार्य थालेको उल्लेख गर्दै देशलाई निकास दिन जेठ १५ मा संविधान जारी गर्नुपर्ने उल्लेख गरेका थिए । कोइरालाले दाहाललाई संविधान छिटो जारी गर्न महत्वपूर्ण भूमिका खेल्न आग्रह समेत गरे । संविधान जारी भएपछि मात्र मुलुकले निकास पाउने भन्दै कोइरालाले दाहाललाई नेतृत्व लिन आग्रह गरे । ‘म सहमतिका आधारमा संविधान जारी होस् भन्ने चाहन्छु, त्यसका लागि प्रचण्डजीको पनि महत्वपूर्ण भूमिका हुन्छ’ कोइरालाको भनाइ थियो, ‘तपाई आन्दोलन घोषणा गर्ने कुरा नगर्नुस्, सहमति गरेर अघि जाऔ ।’ उनले प्रमुख दलका शिर्ष नेताबीच अनौपचारिक कुरा गरेर मात्र सहमतिमा पुग्न सकिने बताएका थिए ।

दाहालको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिब चूडामणि खडाले भने, ‘संघीयतालगायतका बिषयमा प्याकेजमा सहमति गरौ, त्यो संभब छ । प्रधानमन्त्रीज्यूले सहमतिका लागि अझै प्रयास गर्न आवश्यक छ ।’ दाहालले एमाले शिर्ष नेताहरु बैठकमा सहभागी हुन नसक्नुको कारणबारे जिज्ञासा राखेका थिए ।

बिगत केही समययता दाहाल र कोइरालाबीच भएका अनौपचारिक वार्ता सकरात्मक भएको नेताहरुको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति