माली आक्रमणको संयुक्त राष्ट्र सङ्घद्वारा निन्दा

२४ फाल्गुन २०७१, आईतवार २१:१७ मा प्रकाशित

संयुक्त राष्ट्रसघं, २४ फागुन । मालीको राजधानी बामाकोमा अवस्थित एक रात्रिक्लब शनिबार विहान सबेरै भएको भीषण आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मुनले शनिबार कडा शब्दमा निन्दा गर्नुभएको बानका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसको आक्रमणको शीघ्र छानबिन हुनु पर्ने पनि मुनले बताउनु भएको सो विज्ञप्तिमा बताइएको छ ।
यस आक्रमणमा संयुक्त राष्ट्र संघीय नियोगमा काम गर्ने दुईजना अन्तर्राष्ट्रिय विशेषज्ञसहित पाँच व्यक्तिको मृत्यु भएको थियो । यस घटनामा अन्य सातजना घाइते भएका छन् ।
राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले पनि एक प्रेस विज्ञप्ति प्रकाशन गरी मालीको राजधानीमा रहेको रात्रिक्लबमा भएको यस आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । यस घटनाको शीघ्र छानबिन र अनुसन्धान गरी आक्रमणकारीलाई न्यायलयको कठघरामा ल्याउन माली सरकारलाई अनुरोध समेत गरिएको छ ।
आक्रमणमा परी मृत्यु हुनेमा पश्चिमी अफ्रिकी मुलुकका लागि राष्ट्र सङ्घीय नियोगमा सहकार्य गर्न युरोपेली संघबाट पठाइएका दुईजना प्रतिनिधि एक फ्रेन्च नागरिक र एक बेल्जियमका सुरक्षा अधिकृत परेका सो विज्ञप्तिमा जनाइएको छ ।
महासचिव बानले मृतकलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वाथ्यलाभको कामना समेत गर्नुभएको छ ।
मालीको उत्तर–पश्चिममा पर्ने मरुभूभीय खण्ड अल–कायदा आवद्ध लडाकूहरूले नियन्त्रणमा लिएकोमा फ्रेन्च सैनिकले मुक्त गराएको थियो । यस क्षेत्रमा राजनीतिक हिंसा हत्याका घटना बारम्बार दोहोरिने गरेतापनि मुलुकको दक्षिणी क्षेत्रमा पर्ने राजधानी बामाकोमा भने वर्षौपछि भीषण आतङ्ककारी आक्रमण भएको यो पहिलो पटक हो ।
मालीका विद्रोही सशस्त्र समूह अल– मौराबितोनले सो बामाको आक्रमण गराएको दाबी गरेको छ । अल मौराबितोन समूह कट्टर जिहादी मोख्तार बेलमोख्तारको नेतृत्वमा गठन भएको जनाइएको छ ।
साहिल सहारा क्षेत्रमा अखाडा जमाउँर्दै सो इलाकाभरी आतङ्क मच्चाउँदै आएका अलकायदासँग आवद्ध सशस्त्र समूहका नाइके मोख्तारलाई फ्रेन्च सेनाले खोजी गर्दै आएको थियो । मालीमा सन् २०१२ मा सैनिक विद्रोह भएपछि देश आन्तारिक द्वन्द्वमा नराम्ररी फसेको थियो । यही मौकामा इस्लामी सशस्त्र विद्रोहीहरूले फस्टाउने मौका पाए ।
सन् २०१३ को अप्रिलमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्को निर्णय अनुसार ‘युनाईटेड नेसनस मल्टी डाइमेन्सनल इन्टिग्रेटेड स्टाविलाइजेसन मिसन इन माली (मिनुस्मा) ’ नामक राष्ट्र सङ्घीय नियोग गठन भएको थियो ।
यस नियोग मालीमा शान्ति स्थापना आन्तारिक व्यवस्थापन गराउनमा सक्रिय छ । नियोग अन्तर्गत आठ हजार सैनिक र एक हजार जति प्रहरी कार्यरत छन् । यस अतिरिक्त फ्रेन्च सैनिक पनि सशस्त्र विद्रोहीहरूलाई नियन्त्रणमा लिने प्रयासरत रहेका छन् । रासस-सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित खवर

इस्तानबुल । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा बस र एम्बुलेन्स एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य २२

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।