
आशिका तामाङ यतिबेला काठमाडौंमा छिन् । लामो समयदेखि जर्मनीमा बस्दै आएकी आशिकाको तस्बिर हेर्नेहरू उनलाई हलिउड अभिनेत्री एञ्जिला जोलीजसतै देखिने भन्दै प्रशंसा गर्ने गर्छन् । तर, आशिका भने आफू जोसँग मिल्दोजुल्दो देखिए पनि आफ्नै पहिचान र विशेषता बोकेर अगाडि बढ्ने बताउँछिन् ।अहिले चलचित्र ‘सुश्री’को छायाङ्कनका लागि काठमाडौं आएकी आशिका बिहीबारदेखि चलचित्रको काममा व्यस्त हुनेछिन् । शिवम अधिकारीले निर्देशन गर्ने यो चलचित्रमा नायक भने आर्यन सिग्देल छन् ।
० आशिकाजी अब हिरोइन पनि भइयो, होइन त ?
– हो, बल्लतल्ल भइयो । चलचित्रमार्फत दर्शकसमक्ष पुग्ने सपना अब पूरा हुने भयो ।
० किन नि यस्तो ढिलाइ ?
– सबै कुरा मुहूर्त आएपछि नै हुँदो रहेछ ? मेरो दिन बल्ल आयो
० दिन आउन किन ढिला भएको होला ?
– म विदेश बस्ने गर्छु । यता आएर फिल्म खेल्न समय पनि मिलाउनुपर्यो नि । समय मिलाउने क्रममा ढिला भएको हो ।
० आशिकालाई त एञ्जिला जोली भन्दा रहेछन् नि ?
– मेरो अनुहार एञ्जिलासँग मिल्छ रे । त्यसकारणले पनि मलाई धेरैले नेपाली एञ्जिला जोली भन्छन् ।
० कस्तो लाग्छ यसरी कमेन्ट गर्दा ?
– म त खुसी छु । विश्वचर्चित अभिनेत्रीसँग मेरो नाम जोडिनु खुसीको कुरा हो ।
० भोलि फेरि आफ्नो वास्तविक नाम नै गुम्ला नि ?
– गुम्दैन । मेरो आफ्नो नाम र विशेषता त छँदै छ नि †
० भनेपछि अब विदेश नर्फकने ?
– फर्कने । तर पहिलेजस्तो लगातार धेरै समय विदेश बसिँदैन अब आउने–जाने चलिरहन्छ ।
० के कुराले तान्यो नि चलचित्रतिर ?
– जीवनमा चलचित्र खेल्ने मेरो ठूलो इच्छा, उद्देश्य र ध्येय हो । आफ्नो सपनाभन्दा ठूलो अरू केही हुँदैन रहेछ ।
० नयाँ युवतीलाई फिल्म खेलाउनेले त यौनशोषण गर्छ पनि भन्छन्् नि ?
– त्यो कुरा त मैले पनि सुनेकी छु । तर, त्यो आफूमा भर पर्ने कुरा हो । मलाई शोषित भएर फिल्म खेल्नु भने छैन । कसैले त्यस्तो गरे तुरुन्त भण्डाफोर गर्नुपर्छ । म त गाला चड्काएर सबैको अगाडि बेइज्जत नै गरिदिन्छु ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।
काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट
काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।
काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया