प्रचण्डले सहमतिमा आउन गरेको आग्रह खनाल प्रधानमन्त्रीको पद त्यागको अडान राख्दै अस्विकार

२५ जेष्ठ २०६९, बिहीबार ०९:११ मा प्रकाशित


काठमाडौ, २५ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा आउन गरेको आग्रहलाई नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पहिला प्रधानमन्त्रीको पद त्यागको सर्त राख्दै अस्विकार गरिदिएका छन् ।
संविधानसभा विघटनपछि दलहरुबीच बढेको दुरी कम गर्ने प्रयासमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई भेटेर त्यस्तो आग्रह गरेका थिए । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रचण्ड बिहान खनाल निवास डल्लु पुग्नेका थिए ।  भेटवार्तामा प्रचण्डले एमाले काङ्ग्रेस, लगायतका दलले सुरु गरेको विरोध र आन्दोलन छोडेर सहमतिमा आउन आग्रह गरेको प्रचण्डनिकट स्रोतले जनाएको छ । राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न आन्दोलन वाधक हुने भन्दै देशको राजनीतिक संकट समाधान गर्न सबै दल जिम्मेवार र गम्भीर बन्नुपर्नेमा प्रचण्डले जोड दिएका थिए । जवाफमा खनालले प्रधानमन्त्री डा बाबुराम भट्टराईले सहमतिका लागि पद् त्यागेर बाटो खुल्ला गरिदिनुपर्ने बताउनुभएको बुझिएको छ ।
भेटवार्तापछि  एमाले अध्यक्ष खनालले  अप्रत्याशित रुपले गरिएको अर्को संविधानसभा निर्वाचनको घोषणाले मुलुकलाई निर्वाचन तिर होइन अभूतपूर्व संकट तिर धकेलेकोले मुलुकलाई गम्भीर संकटबाट चाँडो भन्दा चाँडो निकास दिनु पर्नेमा मा आफूले जोड दिएको बताएका थिए । उनले मुलुकलाई संकटबाट निकास दिने दलहरुले नै भएकोले  त्यसका लागि फेरी पनि राष्ट्रिय सहमति अपरिहार्यतामा जोड दिएका थिए । उनले यसकालागी सवैभन्दा पहिले कामचलाउ  प्रधानमन्त्रीले अविलम्व पद त्याग गरेर मार्गप्रशस्त गर्नुपर्ने भन्दै सहमतीय सरकार निर्माणपछी मात्र अन्य बिकल्पहरुमा छलपफल गर्न सकिने स्पष्ट पारेका थिए ।
माओबादी अध्यक्ष प्रचण्डले मुलुकलाई निकाश दिन बिभिन्न बिषयमा   छलफल भएको बताउँदै दलहरुबिचको वार्तालाई अघि बढाउने  सहमती भएको जानकारी दिए । उनले  संबिधानसभा पुनस्र्थापना, नयाँ निर्बाचन र संघियता लगाएतका बिषयमा  आफुहरुबिच कुराकानी भएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको