भारतीय राज्य नागल्याण्डमा बलात्कारका आरोपीलाई कुटेर मारियो

२२ फाल्गुन २०७१, शुक्रबार २२:०१ मा प्रकाशित

नयाँ दिल्ली, २२ फाल्गुन । भारतीय राज्य नागल्याण्डको दिमापुरमा बलात्कारको आरोप लगेका एक जना पुरुषलाई भीडले जेलबाट निकालेर कुटेर हत्या गरेका छन् । भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ दी इण्डियाका अनुसार शुक्रबार बिहानैदेखि बलात्कारको घट्नाविरुद्ध निस्किएको विद्यार्थीहरुसहितको जुलुसले जेल तोड‌ेर आरोपीलाई बाहिर ल्याएका थिए ।

व्यापार व्यवसाय गर्ने ति पुरुषले कलेजका एक छात्रालाई पटक–पटक बलात्कार गरेको अभियोग लागेको थियो ।

आरोपीलाई जेलबाट बाहिर निकालेपछि नाङ्गेझार परेर बाटोमा घिसारेको र उनलाई ढुङ्गाले हानेर मारेको बताइएको छ । भीडले उनले व्यापार गर्ने क्षेत्रमा आगजनि गरेको छ ।

भारतमा बलात्कारको घट्ना बढेको भनेर अलोचना भइरहेको र बेलायती समाचार संस्था बीबीसीले सन् २०१२ मा भएको सामुहीक बलात्कार काण्डमा बनाएको डकुमेन्ट्रले भारतमा विवाद भइरहेको बेला यो घट्ना भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट

धनकुटा।गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठकाे हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा

होमपेन्ह् । कम्बोडियामा पछिल्लो २० दिनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार वक्तव्य जारी

बागलुुङ। बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा सडक पहुँच नपुग्दा दुर्गम र विकट क्षेत्रमा गनिन्थ्यो । अहिले मध्यपहाडी लोकमार्गको सडक सञ्जाल विस्तार भएपछि