दुर्घटनाग्रस्त विमान उचालियो, भोली १० बजेसम्मका लागि सबै उडान रद्द

२२ फाल्गुन २०७१, शुक्रबार २१:५८ मा प्रकाशित

काठमाडौँ, २२ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त रहेका टर्किस एयरलाइन्सको विमान मर्मत नभएपछि अन्तराष्ट्रिय उडान अनिश्चित भएको छ । नेपाल उडड्यन प्राधिकरणले आज पाँच वजेदेखि उडान सुचारु गर्ने भनिएपनि भोली १० बजेपछि मात्र उडान हुने जनाएको छ । विमानस्थल व्यवस्थानले सुचना जारी गरी सो कुरा जनाएको हो ।

फागुन २० गते विहान टर्किबाट आएका टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ को विमान विमानस्थलमा ल्याण्ड गर्दा धावनमार्ग (पीच) भन्दा बाहिर जमिनमा अगाडीको चक्का भाँसिएपछि दुर्घटना भएको थियो । यद्यपी सो दुर्घटनामा मानवीय क्षती भएन । बुधवार भएको दुर्घटना पछि प्राधिकरणले विहिवार साँझसम्म दुर्घटनामा परेका जहाजलाई धावनमार्गबाट हटाएपछि उडानहरु सुचारु हुने जनाएका थिए तर प्राविधिक काम नसकिएपछि शुक्रवार १० बजेपछि मात्र अवरुद्ध धावनमार्ग खुलाउने भनेका थिए ।

तर अझै समय लाग्ने भन्दै विमानस्थल व्यवस्थापनले आज सुचना जारी गरी शनिवार १० बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको जनाएको छ । भारतबाट एयरफोर्सका प्राविधिक टोली र नेपाली प्राविधिक टोली संयुक्त रुपमा जहाज हटाउने कार्यमा लागेका छन् भोली १० बजेसम्म सबै प्राविधिक कार्य सकिने भनिएको छ सकिएपछि १० बजेपछि उडानहरु सुचारु हुने जनाएको छ ।

विमान दुर्घटना भएदेखि नै अवरुद्ध धावनमार्ग खुलाउन विशेषज्ञ, दक्ष जनशक्ति र उपकरणको प्रयोग गरी दिनरात काम भइरहेपनि चाहिएको समयमा विमान हटाउन नसकेकाले समय लागेको तर केही समय लागेपनि यात्रुहरुलाई नआत्तिन नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले आग्रह गर्नुभएको छ । उहाँले धावनमार्ग खुलेपछि यात्रुहरुको मार्कालाई बुझेर केही दिनका लागि २४ घण्टा विमानस्थल सुचारु रहने बताउनुभयो । अरु दिन राती १२ वजेदेखि विहान ६ बजेसम्म विमास्थल बन्द हुने गरेको छ ।
तीन दिनदेखि विमानस्थल अवरुद्ध भएका कारण ३० हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् ।

के के गरे प्राविधिक टोलीले ?
भारतबाट आएका प्राविधिक टोली र नेपालका प्राविधिकहरु संयुक्त रुपमा जहाज उठाउने काम गरेका छन् । भारतबाट ल्याएका एयर ब्यागमा हावा भरेर २५ लाख टन भन्दा गह्रुगों जहाजलाई उठाउने काम गरेको छ । विमानस्थलका प्रमुख विरेन्द्रप्रसाद श्रेष्ठका अनुसार जहाज उठाउने काम भएको छ । चका (पाङ्ग्रा) बनाउने काम भइरहेको छ । दुर्घटनाग्रस्ता हुँदा अगाडिको चका पञ्चर भएको थियो ।
जमिनमूनी चका भाँसिएको ठाउँमा खल्डो खनी त्यसमा एयर ब्याग राखेर त्यसमा हावा भरेर जहाज उचाल्ने काम गरेको थियो । चका मर्मत भइसकेपछि खाल्डो परेर जहाज पर्किङ्ग स्थलमा लगिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको