आफ्नै नेतृत्वमा सहमति खोज्न प्रधानमन्त्रीको प्रस्ताव

२५ जेष्ठ २०६९, बिहीबार ०९:०९ मा प्रकाशित


काठमाडौं, २५ जेठ ।  तत्काल राजीनामा दिएर सहमतिको सरकारका लागि बाटो खुला गर्नुपर्ने माग उठिरहेका बेला प्रधानमन्त्री डाक्टर बाबुराम ट्टराईले आफ्नै नेतृत्वमा सहमति जुटाउन आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसँग छलफल गर्ने शिलसिलामा सुर्यहादुर थापालाई भेट्न थापा निवास मालिगाउँमा पुगेका प्रधानमन्त्री भट्टराईले तत्काल राजीनामा नदिने संकेत दिए । पहिला सहमति गरौ अनि म त्याग गर्न तयार छु, प्रधानमन्त्रीले भने, राष्ट्रिय सहमतिको पक्षमा रहेकाले सहमतिको लागि सहयोग गर्नु प¥यो । जवाफमा थापाले भने तत्काल राजीनामा दिएर मात्रै सहमतिको मार्ग प्रसस्त हुने भएकाले कुर्सी छाडेर सहमतिका लागि वाताबरण बनाउन भट्टराईलाई आग्रह गरेका थिए । भट्टराईले अहिलेको संक्रमणकालमा निर्वाचन वाहेकको उपयुक्त लोकतान्त्रिक प्रक्रिया अर्को नरहेकाले त्यसमा जानुपर्ने प्रस्ताव गरेपनि थापाले कुनैपनि हिसावले निर्वाचन मंसिरमा सम्भव नभएको प्रतिक्रिया दिए । प्रधानमन्त्रीले सरकार, संविधान र निर्वाचन सबै विषयमा प्याकेजमै सहमति खोज्न सकिने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीले यसअघि पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवासँग छुट्टा छुट्टै छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री