स्कटल्याण्डलाई पराजित गर्दै बंगलादेश विश्वकप क्रिकेटको क्वाटरफाईनलमा

२१ फाल्गुन २०७१, बिहीबार २२:०९ मा प्रकाशित

काठमाडौं, २१ फागुन । स्कटल्याण्डलाई पराजित गर्दै बंगलादेशले विश्वकप क्रिकेटमा क्वाटरफाईनल पुग्ने संभावना बलियो पारेको छ ।न्युजिल्याण्डको नेल्सनमा आज भएको खेलमा बंगलादेश ६ विकेटले विजयी भयो । खेलमा पहिले व्याटिङ गरेको स्कटल्याण्डले निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १८ रन बनायो ।

स्कटल्याण्डको लागि सुरुवाती व्याट्सम्यान कायल कोएत्जरले १ सय ५६ रनको शानदार पारी खेले । बलीङतर्फ बंगलादेशका तस्किन अमहदले ३ विकेट लिए ।

जवाफमा ३ सय १९ रनको विशाल लक्ष्य बंगलादेशले खेलमा ११ बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा गर्‍यो ।बंगलादेशको लागि तमिम ईकवालले ९५ रन जोडेभने महमुदुल्लाहले ६२ रन तथा मुश्फिकर रहिमले ६० रनको योगदान दिए ।यो जितसँगै बंगलादेशले विश्वकप क्रिकेटको समुह बी मा ४ खेलबाट ५ अंक जोडेको छ । पहिलो खेलमा अफ्गानिस्तानलाई हराउदै २ अंक जोडेको बंगलादेशले अष्ट्रेलिया विरुद्धको दोस्रो खेल भने वर्षाले रद्द भएपछि एक अंक बाँडेको थियो ।

तेस्रो खेलमा श्रीलंकासँग पराजित बंगलादेशले आजको जीतसँगै क्वाटरफाईनल पुग्ने संभावनालाई जिवित पारेको हो ।उता स्कटल्याण्ड भने लगातार ४ खेलमा पराजित भएको छ । योसँगै उसको अघिल्लो चरण प्रवेशको संभावना पनि सकिएको छ ।विश्वकप क्रिकेट अन्तर्गत भोलि हुने खेलमा भारत र वेष्ट इंडीज भिड्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो