आन्दोलनकारीको मृत्यूपछि जनजातिको बन्दले तराई क्षेत्र प्रभावित, घटनास्थल कावासोतीमा उच्च सतर्कता

२५ जेष्ठ २०६९, बिहीबार ०९:०५ मा प्रकाशित


नवलपरासी, २५ जेठ । करिब एक महिना अघि नवलपरासीको कावासोतीमा प्रहरीसँग भएको झडपमा परी घाइते भएको आफना कार्यकर्ताको मृत्यु भएको विरोधमा जनजाति महासंघले आह्वान गरेको थारुहट क्षेत्र बन्दका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण पुर्व पश्चिम राजमार्गमा कुनै पनि सवारीका साधन चलेका छैनन् ।  बन्दले पसल, शिक्षण सस्थासमेत पुर्ण रुपमा प्रभावित भएको छ । बन्दका कारण नवलपरासी, चितवन, रुपन्देही , कपिलवस्तुलगायतका जिल्लाहरुमा बिहानै देखि प्रभाव परेको छ । कावासोतीमा वैशाख २७ प्रहरीसँग भएको झडपमा परी केही थारु आन्दोलनकारी र प्रहरीसमेत गम्भिर घाइत भएका थिए । घटनास्थल नवलपरासीको कावासोती तथा डण्डा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको