३० दलीय मोर्चाद्वारा वार्तामा जाने निर्णय, औपचारिक वार्ता यसै साता सुरु हुने

२१ फाल्गुन २०७१, बिहीबार १२:३१ मा प्रकाशित

काठमाडौँ, २१ फागुन । लामो समयदेखि संवाहीनताको अवस्थामा रहेका प्रमुख राजनीतिक दलहरूवीच यसै साता औपचारिक वार्ता प्रारम्भ हुने भएको छ । यसै क्रममा एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले सत्तापक्षीय दलसँग वार्ता गर्ने निर्णय गरेको छ । मोर्चाको आज विहान सिंहदरबारमा बसेको बैठकले आन्दोलनको समीक्षा गर्दै वार्ता गर्ने निर्णय गरेको हो  । झण्डै एक महिनाभन्दा लामो राजनीतिक गतिरोध अन्त्य गर्दै यसै साता दलहरू औपचारिक वार्तामा बस्न तयार भएका हुन  ।

प्रधानमन्त्री सुशील कोइराला र विपक्षी दलका नेता पुष्पकमल दाहालवीच बुधवार बालुवाटारमा भएको झण्डै एक घण्टा लामो छलफल सहमति नजिक पुगेपछि दलहरूवीच औपचारिक वार्ताको ढोका खुलेको विश्लेषण गरिएको छ । प्रधानमन्त्री कोइराला र प्रचण्डवीच संविधान निर्माणमा सहमति कायम गर्ने र औपचारिक समेत छिट्टै प्रारम्भ गर्ने सहमति भएको बताइएको छ ।

त्यसअवसरमा कोइरालाले दलहरूवीचको दुरी कम गरी सहमतिकै आधारमा अघि बढ्नु पर्ने भन्दै त्यसका लागि एमाओवादी अध्यक्ष दाहाललाई आग्रह गरेका थिए । प्रधानमन्त्री कोइरालाको आग्रहमा अध्यक्ष प्रचण्ड सकारात्मक देखिएको जनाइएको छ ।

दुई शीर्ष नेतावीच भएको सहमतिपछि दलहरूका वीच औपचारिक संवादका लागि बाटो खुलेको नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए । बिहीवारदेखि नै त भन्न सकिदैन तर एक दुई दिनभित्र दलहरूवीच औपचारिक संवाद शुरू हुन्छ संवादविहीनताको स्थिति अव रहदैन उनले बताए ।

नेता खड्काकाअनुसार यसका लागि विभिन्न तहमा अनौपचारिक छलफल भइरहेको छ । बुधवार पनि विभिन्न तहमा छलफल भएको उनले स्वीकार गरे । विभिन्न तहका नेतावीच भएको छलफलले शीर्ष नेतालाई औपचारिक छलफलमा बस्न अव उपयुक्त वातावरण तयार भएको उनले बताए ।

प्रधानमन्त्री कोइराला र विपक्षी दलका नेता प्रचण्डवीच बुधवार भएको छलफलले सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाइ छ । एमाओवादी र मधेसवादी दलले औपचारिक संवादका लागि उपयुक्त वातावरण बन्नुपर्छ भनेर विभिन्न चरणमा आवाज उठाउँदै आएको विषयको पनि अव सम्वोधन भइसकेको उनको भनाइ छ ।

औपचारिक वार्ताका लागि जुन वातावरणको खोजी एमाओवादी र मधेसवादी साथीहरूले खोजी रहनुभएको थियो त्यसका लागि पनि अहिले उपयुक्त वातावरण बनेको छ यो अवस्थामा पनि औपचारिक वार्ता हुन सकेन भने त्यो दुर्भाग्यपूर्ण हुनेछ नेका सहमहामन्त्री खड्काले बताए ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री कोइराला र अध्यक्षवीच कुराकानी भएको उल्लेख गर्दै यस विषयमा अध्यक्ष प्रचण्डसँग विस्तृत रूपमा आफनो कुराकानी नभएको प्रतिक्रिया दिए । तर मोर्चाको बैठकले वार्ताको लागि संबिधान निर्माणको लागि सुरु गरिएको प्रक्रिया रोकर सहमतीय प्रक्रिया सुरु गर्नुपर्ने शर्त राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले