अन्तर्राष्ट्रिय उडान भोलि सम्म स्थगित, छानविन समिति गठन

२० फाल्गुन २०७१, बुधबार २०:४९ मा प्रकाशित

काठमाडौ, २० फागुन । टर्किस एयरलाईन्सको दुर्घटनाग्रस्त विमानले नियमित उडानमा असर पारेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार अपरान्ह ४ बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ । टर्किस एयरलाईन्सको विमान अवतरणको क्रममा बुधबार बिहान विमानस्थलमा रन वे नजिकै दुर्घट्ना भएपछि अन्तर्राष्ट्रिय विमानको उडान र अवतरणमा रोक लगाइएको हो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बुधबार ५ बजेसम्मका लागि उडान रोकेको थियो अपरान्ह समय अवधि बढाईएको छ । यसैबीच सरकारले विमान दुर्घटनाबारे छानविन गर्न सरकारले पूर्व सचिव नरेन्द्र प्रसाद घिमिरेको अध्यक्षतामा चार सदस्यीय छानविन समिति गठन गरेको छ। समितिमा वरिष्ठ पाइलट विएम अमात्य, नेपाल वायुसेवा निगमका इन्जिनियर चुणामणी वस्याल र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिव वुद्दिसागर लामिछाने रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गरेको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक