प्रधानमन्त्री-प्रचण्ड भेट, बिपक्षी मोर्चा बार्ताबाट समस्याको समाधान खोज्न तयार

२० फाल्गुन २०७१, बुधबार ११:४० मा प्रकाशित

काठमाडौ, २० फागुन । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता भएको छ ।
आज विहान भएको भेटवार्तामा प्रचण्डद्धारा तत्काल बार्ताको बातावरण बनाउन आग्रह गर्दै बातावरण बने आफू बार्ताबाट समस्याको समाधान खोज्न तयार रहेको स्पष्ट पारेका थिए ।
प्रचण्डका स्वकीय सचिव चुडामणी खड्काका अनुसार भेटवार्तामा प्रचण्डले छिटो भन्दा छिटो बार्ताको बातावरण बनाउन आग्रह गर्दै अर्को चरणको आन्दोलनको घोषणा हुनु भन्दा अघि नै बातावरण बनाउन सुझाव दिएका थिए ।
उनले विगतका सहमति र अन्तरिम संविधान अनुसार सहमतिमा संविधान बनाउन तयार रहेको आशयको पत्रसहित फेरि एक पटक वार्ता आब्हान गर्न समेत आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले आफूले सहयात्री दलहरुसँग छलफल गरेर छिट्टै बातावरण बनाउने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने