टर्किस एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, सबै यात्रु सकुसल

२० फाल्गुन २०७१, बुधबार ११:३६ मा प्रकाशित

काठमाडौं, २० फागुन । टर्किस एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको छ । आज बिहान त्रिभूवन विमानस्थलमा अवतरण गर्दै गर्दा टीके ७२६ फ्लाइटको विमान रन वे बाट चिप्लिएर दुर्घटना भएको हो ।

स्तानबुलबाट काठमाडौंका लागि उडेको विमानमा २२४ यात्रु सवार थिए ।विमानमा सबार सबै यात्रुहरु भने सकुशल छन् । पहिलो पटक अवतरण गर्ने प्रयास असफल भएपछि दोस्रो पटक अवतरण गर्नेक्रममा दुर्घटना हुन पुगेको विमानस्थलले जनाएको छ । आपतकालिन अवतरण लगत्तै विमानको इमरजेन्सी ढोका खोलेर सबै यात्रुलाई बाहिर निकालिएको थियो ।

बाक्लो हुस्सुको कारण अत्यन्तै कमजोर भिजिबिलिटीमा अवतरण गर्दा विमान धावनमार्ग छोडेर घाँसे मैदानमा पुगेको थियो ।विमानको अगाडीको भाग भुईमा जोतिएको छ भने दुईवटै ईन्जीन काम नलाग्ने गरी क्षतीग्रस्त भएका छन् । जहाज रन वे छोडेर नेपाल आयल निगमको तेल भण्डारण गर्ने ट्यांकी नजिक पुगेको थियो ।

अवतरण गर्ने क्रममा चिप्लिएको विमान रन वे बाहिरको माटोको ढिस्कोमा ठोकिएको थियो । अहिले विमानस्थलमा आउने जाने सबै उडान बन्द गरिएको छ । टर्किस एयर काठमाडौं आउने सबैभन्दा लामो दूरीको जहाज हो । जसको उडान अवधि ७ घण्टाको रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले