मल्लिका शेरावतको ‘डर्टी पोलिटिक्स’अदालतले रोक्यो

१९ फाल्गुन २०७१, मंगलवार २२:४२ मा प्रकाशित

नयाँ दिल्ली, २० फागुन (एजेन्सी): पटना हाइकोर्टले दायर गरिएको एक याचिकामाथि सुनुवाइ गर्दै मल्लिका शेरावत अभिनित ‘डर्टी पोलिटिक्स’को रिलिज रोक्ने आदेश दिएको छ। दायर गरिएको याचिकामा भारतको झण्डाले मल्लिकाले आफ्नो शरिर छोपेको एक दृश्यमाथि आपति जनाइएको थियो।
आगामी शुक्रबार रिलिज हुन लागेको फिल्मबाट विवादित दृश्य नहटाएसम्म रिलिज नगर्न अदालतले आदेश दिएको छ। याचिकाकर्ताले आफ्नो याचिकामा सो दृश्यले राष्ट्रिय झण्डाको अपमान गरेको दाबी गरेका थिए। अदालतले दुबै पक्षको कुरा सुनेपछि फैसलामा सेन्सर बोर्ड र सम्बन्धित प्रशासनलाई पनि निर्देश जारी गरेको छ।

यस अघि पनि सो दृश्यमाथि आपति जनाउँदै हैदरावाद अदालतमा मुद्दा दायर गरिएको थियो। यस अघि फिल्मको १३ फरवरीको रिलिज मिति सरेको थियो। अदालतको यो आदेशपछि फिल्मको रिलिजमा अन्योल उत्पन्न भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सम्राट न्यौपानेको ‘चालिसे’मा गीत सार्वजनिक भएको छ । अनन्त कश्यप घिमिरेको शब्द र सम्राट न्यौपानेको आवाजमा रहेको गीतको

काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र