भारतीय उच्च कूटनीतिज्ञ पाकिस्तानमा

१९ फाल्गुन २०७१, मंगलवार २२:३५ मा प्रकाशित

इस्लामाबाद, १९ फागुन । भारतीय एक प्रमुख कुटनीतिज्ञ द्विपक्षीय मुद्दामा वार्ता गर्नको लागि मङ्गलबार पाकिस्तान पुग्नु भएको अधिकारीहरुले जनाएका छन । पाकिस्तान पुग्नु भएका भारतीय विदेश सचिव सुब्राहमान्यन जयशङ्करले आफ्ना समकक्षी अइजाज अहमद चौधरीसँग औपचारिक भेटवार्ता गर्नु हुने पाकिस्तानको विदेश मन्त्रमालयका जनाएको छ । पाकिस्तानी अधिकारीहरुका अनुसार भारतको उच्च कूटनीतिज्ञको यो भ्रमण दुई देशबीच जारी अवरोधको अन्त्यको लागि संयुक्त वार्ता प्रक्रियाको लागि एक राम्रो मौका हो । जयशङ्करको भ्रमणको क्रममा दुई देशको सीमाक्षेत्रमा हुने गोली प्रहारको तनावको विषयहरुमा पनि वार्ता हुने बताइएको छ । भारत र पाकिस्तानबीच चलिरेहेको तनावबीच उच्चस्तरीय अधिकारीको यो पहिलो भ्रमण भएको बताइएको छ । इस्लामाबादमा हुने छलफलमा भाग लिनका लागि त्यहाँ पुग्नु भएका जयशङ्करले इस्लामाबादपछि भुटान, बङ्गलादेश र अफगानिस्तानको भ्रमण गर्न लाग्नुभएको बताइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षीलाई टेलिफोन गरी पाकिस्तानी क्रिक्रेट समूहलाई वल्र्डकपमा विजयको कामना गर्नुभएपछि सो भ्रमण तय भएको थियो । लामो समयदेखि अवरुद्ध रहेको पाकिस्तान र भारतको सम्बन्धमा मोदीको टेलिफोनबाट नयाँ आयाम थपिएको र दुई देशका विदेशमन्त्रीबीच पनि आणविक वार्ता हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले