काँग्रेस-एमालेबीच खटपट, आज छलफल हुँदै 

१९ फाल्गुन २०७१, मंगलवार ११:०५ मा प्रकाशित

काठमाडौं, १९ फागुन । सत्तारुढ दल काँग्रेस र एमाले बीच सत्ता सहकार्य र संविधान निर्माण प्रक्रियाको बारेमा बढिरहेको अबिस्वाश बीच आज छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे हुने छलफलमा एमालेले प्रक्रियामा गएर भए पनि तत्काल संविधान निर्माणको काम थाल्न प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति सुशील कोइरालासँग आग्रह गर्ने भएको छ ।

प्रधानमन्त्रीले प्रक्रिया थाल्ने संकेत दिए केही दिन पर्खिने तर त्यस्तो अवस्था नरहे सत्तागठनबन्धन छोड्ने बारेमा पनि एमालेले आफ्नो धारणा राख्ने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । हिजो बसेको एमाले स्थायी कमिटि बैठकले विपक्षी ३० दलीय मोर्चा छलफलमा नआउने निष्कर्ष निकाल्दै तत्काल प्रक्रिया सुरु गर्न प्रधानमन्त्री कोईरालालाई आग्रह गर्ने निर्णय गरेको थियो ।

काङ्ग्रेसले आफ्नो पार्टीको महाधिवेशनलाई कारण देखाउँदै संविधान निर्माण प्रक्रियामा ढिलाइ गर्न थालेकोभनदै यस्तै अवस्था जारी रहे सरकार छोड्ने बारेमा एमाले भित्र औपचापरिक बहस सुरु भएको सचिव ज्ञवालीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने