एमाओवादीले सविधानसभा छाड्दैन: प्रचण्ड

१८ फाल्गुन २०७१, सोमबार २१:२७ मा प्रकाशित

विर्तामोड, १८ फागुन। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहि संविधानसभाबाट सहमतिमै संविधान बन्ने बताएका छन ।
झापाको विर्तामोडस्थित विएण्डसि मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको उद्घाटन गर्ने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले माओवादीले कुनै पनि हालतमा संविधानसभा नछोड्ने स्पष्ट पारेका हुन । संविधानसभा माओवादीले ०५२ सालदेखि उठाएको मुद्धा हो , यसका लागी २० हजारको बलिदान भएको छ ,प्रचण्डले भने,“यति ठूलो बलिदान गरेर आएको पार्टीले संविधान बनाउन चाहेन भन्नु हास्यास्पद मात्र हो ।” प्रचण्डले संविधानकै लागि सेना र अत्याधुनिक हतियार बुझाएको स्मरण गर्दै त्यतिखेर माओवादीसंग बुझाउने हेलिकप्टरमात्र नभएको बताए। आफ्नो खेतमा अन्न बाली लगाएर भित्राउने बेलामा अर्कैले अन्न भित्र्यायो भने किसानलाई कस्तो महशुस हुन्छ होला तपाई आफैं सोच्नुहोस् प्रचण्डले भने,“यतिखेर माओवादीलाई त्यस्तै भएको छ । १० महिनासम्म कोखमा राखेर महिलाले बच्चा जन्माउने अनि त्यो बच्चा अर्कैले लगिदियो भने कस्तो होला ? प्रचण्डले भने,“संविधानसभाको लागि माओवादीले ठूलो वलिदान गरेको छ, त्यसैले पनि कुनै पनि हालतमा संविधानसभा छोड्ने प्रश्नै आउँदैन ।”
एमाओवादी अध्यक्ष प्रचण्डले कतिपय एमाले , काँग्रेसका ठूला नेतालाई पनि नेपाला गणतन्त्र आउँछ, देश धर्मनिरपेक्ष हुन्छ , राजतन्त्र ढल्छ भन्ने सोचेका पनि थिएनन् भन्दै प्रचण्डले गणतन्त्र काँग्रेस र एमालेको सस्थागत निर्णय नभई गिरिजाबाबु र माधव नेपालको व्यक्तिगत कारणले आएको हो । सुरुमा गिरिजाप्रसादलाई भेट्दा सम्झौता गरौं भन्नुभयो , त्यसको लागि मैले तपाई गणतन्त्तमा आउन हिम्मत गर्नुहोस, म प्रतिष्पर्धा गर्न तयार छु भने विगत स्मरण गर्दै प्रचण्डले भने,“जवाफमा गिरिजाले जाने (गणतन्त्र) मै हो , तर अहिले मैले बोल्दा अफ्ट्यारो पर्छ विस्तारै जाउँला भनेपछि गणतन्त्र आएको हो ।”
एमाले, काँग्रेस गणतन्त्रमा जाला भनेर कसैले पनि नसोचेको उनको भनाई थियो । एमाले, काँग्रेसले बहुमतको तरबार देखाएपछि आफूहरु डराएको प्रचण्डको भनाई थियो । उहाँहरुले संविधानसभामा माघ ५ गते बहुमतको तरबार देखाउनुभयो त्यसैले हामी डरायौं प्रचण्डले थपे,“११ गते राती त्यो तरबार चलाउनुभयो , हामी डराएर भागेको हो ।” गत संविधानसभामा पनि माओवादी लगायतका दलहरुको दुईतिहाई मत भएको स्मरण गर्दै प्रचण्डले दुईतिहाई छ भनेर अंकगणितीय खेलमा लागेर जर्वजस्ती संविधान जारी गएको भए हामीले ठूलो गल्ती गरेका हुनेथ्यौं, प्रचण्डले भने,“अहिले उहाँहरुको दुईतिहाई हुँदा जर्वजस्ती गर्न खोज्नुभयो भने उहाँहरुको लागि ठूलो भुल र गल्ती हुनेछ ।” एमाले, काँग्रेसलाई अन्तरिम संविधानभन्दा बाहिर गएर सविधान बनाउन नखोज्न आग्रह गर्दै प्रचण्डले त्यो भन्दा बाहिर गए ठूलो दुर्घटना हुनसक्ने चेतावनी दिए । काँग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालासंग आज बिहान पनि सम्र्पक भएको थियो , प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, प्रचण्डले भने,“भोली (मंगलबार) चितवनमा हामी दुवैजनाले एउटा कार्यक्रमलाई संयुक्त रुपमा उद्घाटन गर्दैछौं, त्यहाँ पनि हाम्रो छलफल हुनेछ ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले