अमेरिकी र रसियाली विदेशमन्त्री भेटवार्ता हुने

१८ फाल्गुन २०७१, सोमबार २१:२१ मा प्रकाशित

किभ, १८ फागुन । अमेरिकी विदेशमन्त्री जोन केरीले रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेटवार्ता गर्न लाग्नुभएको समाचार छ । जेनेभामा हुन गइरहेको सो बैठकमा युक्रेन समस्याका बारेमा कुराकानी हुने बताइएको छ । पछिल्ला दिनमा युक्रेनमा युद्धविराम भएको भए पनि त्यसको पालना हुन सकिरहेको छैन । युक्रेनमा जारी रहेको समस्याका लागि पश्चिमा देशहरुले रसियाको हात रहेको आरोप लगाउँदै आएका छन् । तर त्यसको रसियाले भने विरोध गर्दै आएको छ । साथै सोमबारै रसिया र युक्रेनका बीचमा पनि सो वार्ता हुन लागेको बताइएको छ । युद्धविराम गर्नुपर्ने प्रस्तावमा रसियाको पनि हात रहेको बताइन्छ । त्यसैगरी रसिया र युरोपमा हुन लागेको भनिएको ग्यास आपूर्तिको नयाँ व्यवस्थाका बारेमा पनि उहाँहरुबीच कुराकानी हुने बताइएको छ । रसियाले पछिल्लो समयमा पूर्वी युक्रेनमा सिधै ग्यास आपूर्तिका लागि तयारी गरिरहेको छ । तर त्यसका विभिन्न क्षेत्रबाट विरोध गरिएको छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले